News Portal

पाटीलाई थाहा नै नदिई राजेन्द्र महतो चयन भए संसदीय दलको नेता

हिमालीसंचार संवाददाता
४२७ पटक

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् । महन्थ ठाकुर पक्षका सांसदहरुको हिजो बसेको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको हो । जसपाका सांसद अकवाल मियाँका अनुसार हिजो बबरमहलमा बसेको संसदीय दलको बहुमत सदस्यको बैठकले महतोलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

केहीदिन पहिले जसपा नेपालका अध्यक्ष ठाकुरले सुरु गरेका हस्ताक्षर अभियानमा महतोलाई संसदीय दलको नेता बनाउने एजेण्डा पनि समावेश थियो । त्यसबेला महतोलाई संसदीय दलको नेता बनाउने विषयमा बहुमत पुगेको थिएन । हिजो बबरमहलमा बसेको दलको बैठकमा बहुमत पुगेपछि सो निर्णय भएको उनले बताए ।

उक्त निर्णयबारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षलाई कुनै जानकारी छैन। पार्टीमा संसदीय दलको नेताका लागि उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले दावी गर्दै आइरहेका थिए। जसपामा दलको नेता चयनको विषयमा कुरा मिलिरहेको थिएन । पछिल्लो समय अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत पुर्याउनका लागि संकलन गरेको हस्ताक्षर अभियानमा राजेन्द्र महतो सहभागी भएका थिएनन्। हस्ताक्षर जुटाएर महन्थ ठाकुर स्वयं संसदीय दलको नेता बन्न थालेको भन्दै महतो हस्ताक्षर कार्यक्रममा सहभागी नभएका हुन् ।

महतोले आफूलाई संसदीय दलको नेता बनाएपछि मात्र हस्ताक्षर गर्ने अडान लिएपछि अध्यक्ष ठाकुरले उनलाई संसदीय दलको नेता बनाएका हुन् । जसपा नेपालका कार्यकारिणी सदस्य एवं सांसद रामसहाय यादवले राजेन्द्र महतो संसदीय दलको नेता बनेकोमा पार्टीलाई कुनै जानकारी नरहेको प्रतिकृया दिए । उनले भने– ‘संसदीय दलको बैठक नै बसेको छैन भने उहाँ कसरी संसदीय दलको नेता बन्नुभयो थाहा छैन, उहाँले आफ्नै मनले संसदीय दलको नेता घोषणा गराउनुभएको हो भने हामीलाई त्यसमा केही भन्नु छैन ।’ 

अध्यक्ष उपेन्द्र यादवले भने संसदीय दलको बैठक नै नबसेको र विधान पनि पारित नभएको बेला महतो कसरी संसदीय दलको नेता चयन भए त्यसबारेमा आफूलाई केही जानकारी नरहेको बताए । उनले भने–‘महेश बस्नेतजीहरुले राजेन्द्रजीलाई संसदीय दलको नेता बनाउनुभएको होला, हाम्रो पार्टीका संसदीय दलले उहाँलाई संसदीय दलको नेता बनाएको छैन ।’

यादवले संसदीय दलको नेता बन्न विभिन्न प्रकृया हुने र ती प्रकृया पुरा नभएको बताए । उनले भने, ‘पहिलो कुरा संसदीय दल समायोजन हुनुपर्छ, समायोजनपछि विधान पारित हुनुपर्छ र सो विधान अन्तर्गत संसदीय दलको नेता बन्छ, त्यसमध्ये कुनै प्रकृया पुरा भएको छैन ।’

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...