News Portal

ओली सरकार ढलेसँगै नेपाल-खनाल समूहका २८ नेताविरुद्ध सूर्य थापाले भने ‘पाखण्डीपन’

हिमालीसंचार संवाददाता
४९१ पटक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा स्वकीय सचिव सूर्य थापा आक्रोशित बनेका छन्। सोमबार ओलीले मागेको विश्वासको मतमा पक्षमा ९३ भोट खसेको थियो भने विपक्षमा १२४ भोट खसेको थियो भने १५ जना तटस्थ बसेका थिए।

मतदानको अन्तिम नतिजा बाहिरिएको केही मिनेटमै सामाजिक सञ्जाल फेसबुकमा आक्रोस पोख्दै थापाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले पाखण्डीपन देखाएको आरोप लगाएका छन्।

उनले नेपाल-खनाल समूहका २८ जना नेताको नामावली जारी गर्दै लेखेका छन् -‘केही मान्छेहरूको जिन्दगी विरोधाभाषले भरिएको र रोचक पाइन्छ, आफ्नै पार्टीको सरकारविरुद्ध राजीनामा दिने हल्ला गर्छन्, सांसदहरूलाई तिनैले विरोधमा उकास्छन्, तथानाम बोल्छन्, अहोरात्र पार्टी कब्जा, विखण्डन र विभाजनको कृत्य गर्छन् र पार्टी एकताको आँसु पनि झार्दै तिनैले वार्ता गरेका कलविहीन नाटक पनि गरेका देखिन्छन् ! सायद यस्तैलाई पाखण्डीपन भनिन्छ होला ?’

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...