News Portal

प्रधानमन्त्रीले व्यापारिक घरानालाई पोस्न नेपाली जनताको जीवन दाउमा लगाउनुभयो : देउवा

हिमालीसंचार संवाददाता
३१२ पटक

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका व्यापारिक घरानालाई पोस्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको जीवन दाउमा लगाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत आफूलाई रहेको प्रस्ताव प्रतिधिसभामा पेस गरेपछि बोल्दै देउवाले कोरोना भाइरस नियन्त्रणका लागि ल्याएको औषधि र खोपमा भएको भ्रष्टाचारलाई लिएर प्रश्न उठाएका हुन्।

‘जनताका लागि अक्सिजन व्यवस्था गर्न नसक्ने प्रधानमन्त्रीले भाषणको आत्मरतिमा रमाउने?,’ देउवाको प्रश्न थियो। उनले गत वर्ष स्यानीटाइजर र पीपीई खरिदमा भ्रष्टाचार भएको र अहिले कोरोना भाइरसविरुद्धको खोपमा कमिसनको खेल भएको बताए।

प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रणमा चासो नराखेको भन्दै देउवाले भने, ‘व्यापारिक घरानालाई पोस्न नेपाली जनताको जीवन दाउमा लगाउनुभयो।’

जनताका लागि अक्सिनको व्यवस्था गर्न नसक्ने प्रधानमन्त्रीले सबै कुरा ठीक छ भन्नु नसुहाउने देउवाको भनाइ थियो। उनले प्रधानमन्त्री आत्मरतिमा रमाइरहेको पनि आरोप लगाएका छन्।कोरोनाको दोस्रो लहर आइसकेपछि निर्माण पूरा नभइसकेको धरहरा उद्घाटन गर्न प्रधानमन्त्रीले नै भीड जम्मा गरेको देउवाको भनाइ थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...