News Portal

खनाल–नेपाल पक्षका सबै सांसदले राजीनामा दिने

“सांसद पदबाट राजीनामा दिनुलाई एमालेमै अन्तरसंघर्ष” नेपाल

हिमालीसंचार संवाददाता
३४७ पटक

काठमाण्डौ – पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदहरु राजीनामा दिने निष्कर्षमा पुगेका छन् । यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको हो । पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प नभेटिएको नेता माधवकुमार नेपालले बताए ।

नेता नेपालका अनुसार शनिबारको बैठकमा नेताहरूले ओली कुनै पनि हालतमा नसच्चिने र उनको जालोमा पर्न नहुने बताएका थिए र त्यसमा सबै सहमत छन् । ‘वार्ता र सहमतिका प्रयास भएका हुन् तर सहमतिका लागि ओलीजी तयार देखिनुभएन,’ नेपालले भने, ‘त्यसैले हामीले राजीनामा गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं, आइतबार एकपटक बैठक बसेर राजीनामा दिन्छौं ।’ नेता नेपालले फागुन २८ गते ओली समूहले एकलौटी रूपमा गरेको निर्णयको खारेजी र २०७५ जेठ २ गतेमै पार्टीलाई फर्काउने आफूहरूको प्रस्तावमा ओली उदासीन भएको बताए । उनले आफूहरूले सांसद पदबाट राजीनामा दिनुलाई एमालेमै अन्तरसंघर्ष गर्ने भनेर बुझ्न आग्रह गरे ।

सांसद विरोध खतिवडाले नेपाल पक्षका सबै सांसदले संविधानको धारा ८९ ९क० अनुसार राजीनामा बुझाउने तयारी गरेको बताए । ‘राजनीतिक घटनाक्रम रातभरिमा के होला, कसो होला म जान्दिनँ, अहिलेसम्म छलफलका आधारमा हाम्रोतर्फबाट सम्पूर्ण प्रतिनिधिसभा सदस्यले राजीनामा दिने हो,’ उनले भने, ‘भोलि राजीनामा आउँछ ।’ शनिबार बसेको नेपालपक्षीय सांसदहरूको बैठकमा ओली समूहसँग अहिलेसम्म भएका वार्ता र त्यसको प्रगतिबारेमा नेताहरूले ब्रिफिङ गरेका थिए ।

त्यसपछि प्रत्यक्ष निर्वाचित २२ सांसदले मात्रै राजीनामा दिने कुरा उठेको थियो । अरूले ओलीविरुद्ध आफूहरू पनि रहेको र आफूहरूले पनि राजीनामा दिने बताएपछि खनाल–नेपालतर्फका सबै सांसद राजीनामा दिन तयार भएका हुन् । एमालेमा दुवै समूहले समानान्तर गतिविधि गर्दा खनाल–नेपाल पक्षमा ३८ जना सांसद थिए । पछि केही सांसद ओली पक्षमा लागे । अहिले खनाल–नेपाल पक्षले आफ्नो समूहमा ३५ सांसद रहेको बताइरहेको छ । ओलीले खनाल–नेपाल पक्षका ३० सांसदलाई स्पष्टीकरण सोधेका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...