News Portal

कञ्चनपुरमा लागुऔष सहित २ जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
५१९ पटक

कञ्चनपुर – कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले १२ ग्राम ब्राउन सुगर सहित २ जना युवा पक्राउ गरेको छ। पछिल्लो समय कञ्चनपुर जिल्लामा लागु औषध ओसारपसार गर्नेहरू प्रहरीको फन्दामा पर्दै आएका छन्।

गत २४ गते राती करिब २०:३० बजेको समयमा कञ्चनपुर प्रहरी कार्यालय तथा मातहत प्र.चौ. भुडाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं. १० भुडा स्थित ३३ नम्बर पिल्लर हुदै पैदल हिड्दै गरेका भारत जिल्ला पेलभित सिघारा उर्फ टारगन्ज तहसिल पुरनपुर थाना हजारा उत्तर प्रदेश बस्ने बर्ष २५ को राजु भन्ने राजेन्द्र सिह र भारत राजस्थान ठेगाना खुल्न नआएको बर्ष १६ को कृसन सिहलाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा पक्राउ परेका हुन।

निजहरुको साथबाट १२ ग्राम  ६ सय ३० मिलीग्राम खैरोहिरोईन ( ब्राउन सुगर) सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुलाई थप अनुसन्धान भइरहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...