News Portal

कञ्चनपुरमा लागुऔष सहित २ जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
५३७ पटक

कञ्चनपुर – कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले १२ ग्राम ब्राउन सुगर सहित २ जना युवा पक्राउ गरेको छ। पछिल्लो समय कञ्चनपुर जिल्लामा लागु औषध ओसारपसार गर्नेहरू प्रहरीको फन्दामा पर्दै आएका छन्।

गत २४ गते राती करिब २०:३० बजेको समयमा कञ्चनपुर प्रहरी कार्यालय तथा मातहत प्र.चौ. भुडाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं. १० भुडा स्थित ३३ नम्बर पिल्लर हुदै पैदल हिड्दै गरेका भारत जिल्ला पेलभित सिघारा उर्फ टारगन्ज तहसिल पुरनपुर थाना हजारा उत्तर प्रदेश बस्ने बर्ष २५ को राजु भन्ने राजेन्द्र सिह र भारत राजस्थान ठेगाना खुल्न नआएको बर्ष १६ को कृसन सिहलाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा पक्राउ परेका हुन।

निजहरुको साथबाट १२ ग्राम  ६ सय ३० मिलीग्राम खैरोहिरोईन ( ब्राउन सुगर) सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुलाई थप अनुसन्धान भइरहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...