News Portal

भारतीय ‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं – भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन्। शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन्।

नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दाबी छ। यद्यपि दूतावासले भने को कर्मचारी नेपाल आएको हो आफूलाई थाहा नभएको बताएको छ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएका छन्। तर उनी ‘रअ’ का व्यक्ति हुन् कि होइनन् भन्ने थाहा नभएको तर भीआइपी सुविधा दिइएको स्रोतले बताएको छ।

दूतावासले ती भीआइपीहरु को–को हुन् थाहा नभएको बताएपनि दूतावासकै गाडीमा राखेर दूतावासका कर्मचारीले उनीहरुलाई लगेका थिए।अभिजित अल्दरको तीन वर्षे कार्यकाल सकिइसकेको छ।

नेपालमा राजनीति उथलपुथल भइरहेका कारण उनी दुई महिना बढी यहाँ बसे। अब नेपालको स्टेशन भटनागरले सम्हाल्ने छन्। उनले एक हप्तापछि कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले जनाएको छ। राघव यसअघि भुटानमा थिए। रातोपाटिबाट।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...