News Portal

निजी अस्पतालको शुल्कबारे अनावश्यक हल्ला; नेपाल सरकार

हिमालीसंचार संवाददाता
२६४ पटक

काठमाण्डौ – निजी अस्पतालले कोभिड बिरामीको लागि तोकेको शुल्कबारे अनावश्यक हल्ला भएको निष्कर्षमा सरकारी निकाय पुगेको छ । वाणिज्य विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीसहितको अनुगमनले यस्तो निष्कर्ष निकालेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न सात अस्पतालको स्थलगत अनुगमनपछि उक्त निष्कर्षमा पुगिएको औषधि व्यवस्था विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले बताए । ‘काठमाडौंका सहायक सिडिओसहित विभागका प्रतिनिधिले गरेको स्थलगत अनुगमनका क्रममा सर्वसाधारणको लागि चर्को शुल्क तोकेको बुझिन आएन, बाहिर अनावश्यक हल्ला भएको बुझियो,’ प्रवक्ता सेढाईंले भने ।

‘हाम्रा प्रतिनिधिले ह्याम्स, केएमसी लगायतका अस्पतालमा राउन्ड टेबल कुराकानी गरेको थियो, धनाढ्य र धेरै शुल्क तिरेर सुविधा खोज्नेका लागि सीमित बेडको त्यस्तो सुविधा उपलब्ध गराएको र त्यो सर्वसाधारणका लागि नभएको पाइयो,’ सरकारी अनुगमन टोलीको निष्कर्ष रहेको छ। 

बिहीबार संयुक्त अनुगमन टोलीले सिभिल, केएमसी, ओम, मेडिकेयर, ह्याम्स, ग्राण्डी र मेट्रो अस्पतालको अनुगमन गरेका थिए । विरामीको लागि अस्पतालहरुले तोकेको उपचार शुल्कबारे इमेलबाट आधा दर्जन अस्पतालसँग विस्तृत विवरण मागिएको र त्यसको थप अध्ययनको विषय रहेको हुनाले अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा अस्पतालहरुमा रेम्डिसिभिर औषधिको वितरण ठिक र पर्याप्त नभएको, अस्पतालहरुले न्युनतम् स्वास्थ्य मापदण्ड पालना नगरेको जस्ता कैफियत भेटिएको पनि विभागले जनाएको छ ।

रेम्डिसिभिर औषधिमा अस्पतालले बढी शुल्क नलिइएको पनि विभागले जनाएको छ । यस्तै बिरामीको तुलनामा अस्पतालमा बेड संख्या अपुग भएको पाइएको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...