News Portal

  • रंगेली नगरपालिकामा १७ जनामा कोरोना संक्रमित पुष्टि, भारतीय सिमान खुल्ला हुदा उच्च जोखिम

    हिमालीसंचार संवाददाता
    २९३ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर चलेयता गत सोमवारसम्म रंगेली नगरपालिका भित्र १७ जना कोरोना संक्रमित भेटिएका छन । 

    नगरमा ३० बर्ष देखि ७८ बर्ष सम्मको कोरोना संक्रमित बिरामीहरु रहेका छन ।  अहिलेसम्म रंगेली नगरपालिका भित्र वडा नं. १ मा ३ जना, वडा नं.  २ मा ६ जना,  वडा नं. ३ मा १ जना, वडा नं. ४ मा २ जना, वडा नं. ५ मा २ जना, वडा नं. ७ मा २ जना र  वडा नं. ९ मा १ जना कोरोना संक्रमित रहेका छन्। त्यस्तै, १ जना निको भएर घर समेत फर्कि सकेका छन। बाँकी बिरामीहरु होम आईसुलेशनमा उपचार गराई रहेको र सबै स्वास्थ्य अवस्था सामान्य रहेको रंगेली स्वास्थ्य शाख प्रमुख ब्रजेश मेह्ताले बताए।

    कोरोनाको संक्रमण दोस्रो लहरसंगै उच्च जोखिम रहेता पनि रंगेली नगरपालिकाले  भने  कोरोना नियन्त्रणका बिषयमा कुनै कदम चालेको देखिदैन। एक सात अगाडी सिएमसीको बैठकमा तिरुपति बालाजि मंन्दिरमा १ सय बेडको आईसोलेशन राखिने निर्माण भएता पनि अहिलेसम्म कुनै चासो देखाएको छैन । नेपाल सरकारले विवाह पाटीहरुमा २५ जना भन्दा बढी भेला नहुन आग्रह गरेको भए पनी मोरङको सिमावर्ती क्षेत्रका रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, धनपालथान गाउँ पालिका र रतुवामाई नगरपालिकामा भने विवहा भोज, पास्नी जस्ता कार्यक्रम समेत हुदै आएको छ । 

    विवहामा भारतका आफन्तहरुको उल्लेख्य सहभागी समेत हुने गरेको पाईएको छ। नगरपालिकाहरुले आफ्ना नगर भित्र विवहामा २५ जना भन्दा कम उपस्थितिका लागि कडाइ नगर्दा कोरोना संक्रमित समेत बढ्ने, सिमावर्ती क्षेत्रका गाउँघरमा समेत कोरोना उच्च जोखिम रहेको छ। भारतबाट आउने यात्रुको निगरानी नगरे भयावह अवस्था आउन सक्ने समेत देखिन्छ । 

    भारतबाट पछिल्लो समयमा भारतीय नागरिकहरु नेपालको  सिमावर्ती क्षेत्रका वजारमा आउने गरेकाले कोरोना फैलिन सक्ने भन्दै स्थानीय त्रसित रहेका छन्। जनसंख्या कार्यालय मोरङका अनुसार चैत्र यता १९ हजार १ सय ९५ जनाको कोरोना परीक्षण गरिएकोमध्ये ३ हजार ६ सय ८३ जना संक्रमित भएका छन्। जस मध्ये २ सय ९६ जनाले मात्र स्वास्थ्यलाभ लिएका छन्। 

    प्रदेश १ मा पहिलो र दोस्रो लहर गरि जम्मा २ लाख ४५ हजार ४१२ जनाको परीक्षण गरिएकोमा ३३ हजार ९ सय ४१ जना संक्रमित भएका छन् । जसमध्ये प्रदेश १ मा सोमवारसम्म ५ सय ७ जनाको मृत्यु भईसकेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पूर्वप्रदेशप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा : पक्राउपछि १० दिनमै अभियोजन प्रक्रिया टुंगोमा

    काठमाडौं, साउन १३ – मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा ‘अहिराज’माथि बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतमा...

    अपेक्षापूर्तिमा कमजोरी, अब सुधार र सुदृढीकरणको बाटो : समाजवादी मोर्चा

    काठमाडौं, साउन १३ – पछिल्लो समय जनताको विश्वास र कार्यकर्ताको अपेक्षाअनुसार गति लिन नसकेको भन्दै...

    गिरीबन्धु टी इस्टेटको जमिन चिया खेतीबाहेक प्रयोग गरे सरकारको स्वामित्वमा जाने : भूमि मन्त्री अधिकारी

    काठमाडौं, साउन १३ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापास्थित गिरीबन्धु...

    समाजवादी मोर्चाको बैठक आलोकनगरमा सुरु, विप्लव असन्तुष्ट : मोर्चा विघटनको प्रस्तावले नेताहरू झस्किए

    काठमाडौं, साउन १३ – राजधानीको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक...

    दुई मन्त्री सवार सरकारी गाडी आपसमा ठोक्किए, मानवीय क्षति नभएको पुष्टि

    – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिसापानीमा आयोजित कार्यक्रमतर्फ जाँदै गरेका सुदूरपश्चिम प्रदेश सरकारका दुई...