News Portal

मुन्दुम ट्रेलका लागि उद्धार कोष स्थापना गर्ने, व्याबस्थित गोठस्टेमा रुपान्तरण गर्ने

“खोटाङमा संचालित सालपा विकास बैकले आकास्मिक उद्धार कोष स्थापना गरिदिने”

हिमालीसंचार संवाददाता
९८६ पटक

खोटाङ – खोटाङ जिल्लाको दिक्तेलबजारमा संचालित सालपा विकास बैंकले मुन्दुम ट्रेल ‘मुन्दुम मार्ग’ अन्तर्गत आवत-जावत गर्ने पर्यटकको आकस्मिक उद्धारका लागि कोष स्थापना गरिदिने भएको छ ।

खोटाङ जिल्ला अन्तर्गत जिल्लाबासीको सहकार्यमा विस २०६९ साल साउन ३ गतेदेखि खोटाङको दिक्तेल बजारमा बैंकिङ कारोबार शुरु गरेको सालपा बैकले पूर्वाञ्चलका खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको पर्यटन प्रबर्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलमा यात्रा गर्ने आन्तरिक तथा बार्हय पर्यटकको आकस्मिक उद्धार तथा खोज कार्यका लागि सालपा वेलफेयर ट्रष्ट स्थापना गर्न सालपा बैकले सहयोग गर्ने भएको हो ।

पर्यटकलाई हाइअल्टिच्यूडको समस्या भएको अवस्थामा, लडेर चोट पटक लागेको अवस्थामा वा चट्याङ जस्ता प्राकृतिक विपत्तीमा परेको अवस्थामा तत्काल उद्धार तथा खोज कार्यका लागि सालपा बैंकले ट्रष्ट स्थापना गर्न आवाश्याक सहयोग गर्ने लागेको मुन्दुम ट्रेलका प्रबन्धक मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्र एमटिएसएसटिसिपीका अध्यक्ष रमेश राईले बताए ।

मुन्दुम ट्रेलमा आकस्मिक उद्धार गर्नका लागि हेलीकोप्टर चार्टर गर्नुपर्ने अवस्थालाई ध्यान दिएर बैंकले कोष स्थापना गर्नका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

पूर्वसांसद एवं सालपा विकास बैंकका अध्यक्ष टंक राईको नेतृत्वमा सालपा बैंकको टोली मुन्दुम ट्रेल हुँदै सालपा पोखरीको भ्रमण गरेर फर्किएपछि सालपा वेलफेयर ट्रष्ट स्थापनाको टुंगो लगाइएको हो । गत बैशाख ८ गते चखेवाभञ्ज्याङबाट हिँडेको सालपा विकास बैंकको टोली बैशाख १२ गते सालपा पोखरी पुगेको थियो ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत मुन्दुम ट्रेलमा आकस्मिक उद्धारका लागि कोष स्थापनामा सहयोग गर्ने निर्णय गरिएको पूर्वसांसद एवं सालपा विकास बैंकका अध्यक्ष टंक राईले बताए । 

होमस्टेको सट्टा गोठस्टे 

सालपा माइक्रोफाइनान्समार्फत सञ्चालित बैंकले मुन्दुम ट्रेलमा होमस्टेको सट्टामा गोठस्टे निर्माणका लागि पनि सहयोग गर्ने भएको छ । टेम्के मैयूंदेखि भोजपुर खण्ड, खोटाङको केपिलासगढी हुँदै भोजपुर र सोलुखुम्बु क्षेत्रमा पर्ने मन्दुम ट्रेलमा भएका सयौं गोठलाई नै गोठस्टे बनाउनका लागि सालपा बैंकले मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्रलाई सहयोग गर्ने भएको हो ।

मुन्दुम ट्रेल खण्डको रुटहरुमा चौंरी तथा गाईभैंसीका सयौको संख्यामा गोठहरु छन् । अहिले सालपा पोखरी जाने–आउने स्थानीय पर्यटकहरुले झरी वा रातका समयमा तिनै गोठहरुमा सेल्टर लिने गरेका छन् । गोठलाई सुधार गरेर बस्न लायक बनाउन सके गोठस्टेको विकास गर्न सकिने बैंकका अध्यक्ष राई बताउँछन् ।

गोठस्टेको विकासका लागि बैंकले स्थानीयलाई ‘स्कील’को व्यवस्था गरिदिनमा समेत सहयोग गर्ने जनाइएको छ । यस्तै, सालपा पोखरीको पुजाआजालाई व्यवस्थित बनाउनका लागि समेत बैंकबाट प्रतिवद्धता आएको मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्र एमटिएसएसटिसिपीका अध्यक्ष रमेश राईले बताए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...