News Portal

मुन्दुम ट्रेलका लागि उद्धार कोष स्थापना गर्ने, व्याबस्थित गोठस्टेमा रुपान्तरण गर्ने

“खोटाङमा संचालित सालपा विकास बैकले आकास्मिक उद्धार कोष स्थापना गरिदिने”

हिमालीसंचार संवाददाता
१०४९ पटक

खोटाङ – खोटाङ जिल्लाको दिक्तेलबजारमा संचालित सालपा विकास बैंकले मुन्दुम ट्रेल ‘मुन्दुम मार्ग’ अन्तर्गत आवत-जावत गर्ने पर्यटकको आकस्मिक उद्धारका लागि कोष स्थापना गरिदिने भएको छ ।

खोटाङ जिल्ला अन्तर्गत जिल्लाबासीको सहकार्यमा विस २०६९ साल साउन ३ गतेदेखि खोटाङको दिक्तेल बजारमा बैंकिङ कारोबार शुरु गरेको सालपा बैकले पूर्वाञ्चलका खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको पर्यटन प्रबर्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलमा यात्रा गर्ने आन्तरिक तथा बार्हय पर्यटकको आकस्मिक उद्धार तथा खोज कार्यका लागि सालपा वेलफेयर ट्रष्ट स्थापना गर्न सालपा बैकले सहयोग गर्ने भएको हो ।

पर्यटकलाई हाइअल्टिच्यूडको समस्या भएको अवस्थामा, लडेर चोट पटक लागेको अवस्थामा वा चट्याङ जस्ता प्राकृतिक विपत्तीमा परेको अवस्थामा तत्काल उद्धार तथा खोज कार्यका लागि सालपा बैंकले ट्रष्ट स्थापना गर्न आवाश्याक सहयोग गर्ने लागेको मुन्दुम ट्रेलका प्रबन्धक मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्र एमटिएसएसटिसिपीका अध्यक्ष रमेश राईले बताए ।

मुन्दुम ट्रेलमा आकस्मिक उद्धार गर्नका लागि हेलीकोप्टर चार्टर गर्नुपर्ने अवस्थालाई ध्यान दिएर बैंकले कोष स्थापना गर्नका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

पूर्वसांसद एवं सालपा विकास बैंकका अध्यक्ष टंक राईको नेतृत्वमा सालपा बैंकको टोली मुन्दुम ट्रेल हुँदै सालपा पोखरीको भ्रमण गरेर फर्किएपछि सालपा वेलफेयर ट्रष्ट स्थापनाको टुंगो लगाइएको हो । गत बैशाख ८ गते चखेवाभञ्ज्याङबाट हिँडेको सालपा विकास बैंकको टोली बैशाख १२ गते सालपा पोखरी पुगेको थियो ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत मुन्दुम ट्रेलमा आकस्मिक उद्धारका लागि कोष स्थापनामा सहयोग गर्ने निर्णय गरिएको पूर्वसांसद एवं सालपा विकास बैंकका अध्यक्ष टंक राईले बताए । 

होमस्टेको सट्टा गोठस्टे 

सालपा माइक्रोफाइनान्समार्फत सञ्चालित बैंकले मुन्दुम ट्रेलमा होमस्टेको सट्टामा गोठस्टे निर्माणका लागि पनि सहयोग गर्ने भएको छ । टेम्के मैयूंदेखि भोजपुर खण्ड, खोटाङको केपिलासगढी हुँदै भोजपुर र सोलुखुम्बु क्षेत्रमा पर्ने मन्दुम ट्रेलमा भएका सयौं गोठलाई नै गोठस्टे बनाउनका लागि सालपा बैंकले मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्रलाई सहयोग गर्ने भएको हो ।

मुन्दुम ट्रेल खण्डको रुटहरुमा चौंरी तथा गाईभैंसीका सयौको संख्यामा गोठहरु छन् । अहिले सालपा पोखरी जाने–आउने स्थानीय पर्यटकहरुले झरी वा रातका समयमा तिनै गोठहरुमा सेल्टर लिने गरेका छन् । गोठलाई सुधार गरेर बस्न लायक बनाउन सके गोठस्टेको विकास गर्न सकिने बैंकका अध्यक्ष राई बताउँछन् ।

गोठस्टेको विकासका लागि बैंकले स्थानीयलाई ‘स्कील’को व्यवस्था गरिदिनमा समेत सहयोग गर्ने जनाइएको छ । यस्तै, सालपा पोखरीको पुजाआजालाई व्यवस्थित बनाउनका लागि समेत बैंकबाट प्रतिवद्धता आएको मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्र एमटिएसएसटिसिपीका अध्यक्ष रमेश राईले बताए । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...