News Portal

बिहिवारदेखि सबै आन्तरिक उडान सेवा बन्द, बैसाख २३ गतेदेखि भारतबाहेक अन्तराष्ट्रिय उडान पनी बन्द

हिमालीसंचार संवाददाता
६२० पटक

काठमाण्डौ – नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्दै आन्तरिक तथा बाहृय उडान बन्द हुने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते राती १२ बजेपछि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरेको हो।

त्यस्तै, वैशाख २३ गते (बिहीबार) राती १२ बजेपछि लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान समेत बन्द हुने भएको छ । तर, भारतसँगको उडान भने सातामा दुई वटा उडान कायम रहने भएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म कामय हुनेछ ।

भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग हप्तामा दुई तर्फी दुई उडानहरू हुने छन् । भारतबाट नेपाल आउने यात्रीहरुले १० दिन क्वारेन्टिनमा बस्नु पर्ने  छ ।

अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...