News Portal

बिहिवारदेखि सबै आन्तरिक उडान सेवा बन्द, बैसाख २३ गतेदेखि भारतबाहेक अन्तराष्ट्रिय उडान पनी बन्द

हिमालीसंचार संवाददाता
५४५ पटक

काठमाण्डौ – नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्दै आन्तरिक तथा बाहृय उडान बन्द हुने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते राती १२ बजेपछि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरेको हो।

त्यस्तै, वैशाख २३ गते (बिहीबार) राती १२ बजेपछि लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान समेत बन्द हुने भएको छ । तर, भारतसँगको उडान भने सातामा दुई वटा उडान कायम रहने भएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म कामय हुनेछ ।

भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग हप्तामा दुई तर्फी दुई उडानहरू हुने छन् । भारतबाट नेपाल आउने यात्रीहरुले १० दिन क्वारेन्टिनमा बस्नु पर्ने  छ ।

अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...