News Portal

नायक पल शाहसँगको सम्बन्ध गरिमा शर्माद्वारा अस्वीकार, १० वर्षपछि विवाह गर्ने !

हिमालीसंचार संवाददाता
४२३ पटक

पूजा श्रेष्ठ, 
काठमाडौँ। नेपालको मोडलिङ क्षेत्रमा अहिले उदयमान कलाकार हुन्, गरिमा शर्मा। उनी मोडलिङ क्षेत्रमा आउनु भन्दा अघि सामाजिक सञ्जाल टिकटकमा निकै सक्रिय थिइन्। टिकटककै कारण उनले लाखौं दर्शकको मन मुटु जित्न सफल भइन्। टिकटकमा लोकप्रियता कमाएकी शर्मा पछिल्लो समय नेपाली म्युजिक भिडिओ आकाशकी एक उदाउँदै गरेकी तारा हुन्।

उनको कलाकारिता, सुन्दर अभिनय र मनै लोभ्याउने सौन्दर्यताका कारण उनले अहिले नेपाली म्युजिक भिडिओ क्षेत्रमा लोकप्रियता र सफलता हासिल गरिरकेको छिन्। नाम जस्तै उनको कामले गरिमा बढाएको, दर्शकको माया र साथले नै प्रष्ट पार्छ। कोरोनाका कारण धराशय बनेको नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेर मनोरञ्जन प्रदान गरिरहेकी छिन्।

उनले आफू मोडलिङ क्षेत्रमा प्रवेश गरेपश्चात अहिले ५० वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेको बताइन्। उनी भन्छिन्, ’सुरुवाती दिन अलिकति कष्टकर र संघर्षपूर्ण नै रह्यो, मैले २० हजार पारश्रमिक लिएर आफ्नो करियर शुरु गरेकी थिएँ, दर्शकको माया र साथले नै गर्दा आज म कामको चाप र आफ्नो समयलाई मध्यनजर गर्दै सोहि अनुसार पारिश्रमिक लिने गरेकी छु।’

उनी आफैँ पनि मिजासिलो स्वभावकी भएको कारण दर्शकहरुको आशिर्वाद, माया र राम्रो प्रतिक्रिया दिएको बताउँछिन्। त्यसैगरी, उनले आफु यस क्षेत्रमा लागेर सन्तुष्ट रहेको जानकारी दिइन्। आफ्नो कामकाबारे कुरा गर्दै भनिन्, ‘आफूले गरेको हरेक काम राम्रै हुन्छ, मैले मेरो कामको तुलना त्यति सुहाउँदैन, मैले मेरो कामको मुल्यांकन गर्न जिम्मेवारी दर्शकलाई नै दिनुपर्छ।’

उनले दर्शकले अहिलेसम्म धेरै मनपराएको मेरो काम भनेको नबोली नबोलीको म्युजिक भिडियो रहेको बताइन्। यसैगरी, उनले आफ्नो कामलाई निकै माया गर्ने र आफ्नो सफलताको श्रेय आफ्नो घर परिवार, दर्शक स्रोता सबैलाई दिन चाहेको बताइन्।

उनी भन्छिन्, ‘आफूले आफ्नो प्रतिभालाई नै मन पराएन भने दर्शकहरु कसरी मन पराउनु हुन्छ।’ पछिल्लो समय नेपालमा बढ्दै गएको कोरोना भाइरसले अवश्य पनि सबै क्षेत्रलाई धराशय बनाएको छ। र यस्तो अवस्थामा सबैलाई स्वास्थ्य रहन र आफ्नो सकेसम्म हेरचाह गर्न सबैलाई उनले आग्रह गर्न चाहेको बताइन्।

उनले भनिन्, ’ पहिले आफ्नो स्वास्थ्य परिक्षण गरेको थिएँ, तर अहिले चाहीं गरेको छैन।’ यद्यपि, खोप चाहिँ आफुले नलगाएको जानकारी दिइन्। नायक पल शाहबारे आफ्नो सम्बन्धकोबारेमा प्रश्न गर्दा उनले भनिन्, ’पलजी र मेरो बारेमा सम्बन्धकाबारेमा कसले कहाँबाट हल्ला चलायो भन्नेमा म आफैँ चकितमा परेको छु। यो कुरामा कुनै पनि सत्यता छैन, यी सबै अफवाहहरु हुन्।’

आफू स्नातक पहिलो वर्षमा अध्ययनरत रहेकाले अहिले नै विवाहबारे नसोचेको बताएकी उनले अध्ययन सकेर र आफ्नो क्यारियर बनाएर १० वर्षपछि विवाह गर्ने बताइन्। ‘अहिले नै विवाहबारे सोचेको छैन, भर्खर त ब्याचलर फर्स्ट इअर पढ्दैछु’, उनले भनिन्, ‘पढाइ सकेर, क्यारियर बनाइसकेपछि ८/१० वर्षपछि मात्रै विवाह गर्छु होला।’

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...