News Portal

वीपी प्रतिष्ठान धरानको विशेष अपिल: अत्यावश्यक बाहेक अस्पताल नआउनुस

“ कोरोनाको संक्रमित बढ्यो भने ओपिडी बन्द हुन सक्छ”

हिमालीसंचार संवाददाता
३५१ पटक

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको कारण नियमित सेवा समेत अबरुद्ध हुने अवस्था भएकोले अत्यावश्यक बाहेक अस्पताल नआउन अपिल गरेको छ । 

वीपी प्रतिष्ठानका निर्देशक प्रा.डा.गौरीशंकर साहले हिजो एक अपील सार्वजनिक गर्दै महामारीको दोस्रो लहर प्रकोप नियन्त्रण नहुँदासम्म सबैले कोरोना कहरको रोकथामको सुरक्षा उपायहरु अवलम्बन गरी अत्यावश्यक काम नपरी अस्पताल नआउन अपील गरेका हुन् ।

कोरोना महामारीको दोस्रो लहर विशेष गरेर छिमेकी राष्ट्र भारतमा तहस-नहस भएसँग प्रतिष्ठानमा दैनिकरुपमा कोरोना संक्रमितका विरामीहरु अस्पताल आउने क्रम दर द्रुत गतिमा बढ्दै गइरहेका हुनाले प्रतिष्ठानले सो अपील गरेको हो ।

प्रतिष्ठानस्थित कोभिड-१९ अस्पतालमा जटिल किसिमका विरामीहरु भर्ना गरेर उपचार गराउनुपर्ने अवस्था बढ्दै गएको हुदा प्रतिष्ठानका निर्देशक डा.साहले सो जानकारी दिदै विशेष अपील गरेका हुन्।

कोरोना महामारीको बाध्यात्मक अवस्थाले पुर्याएको असहजता बुझिदिन प्रतिष्ठानले सम्बन्धित सबैमा आग्रह गरेको छन् । कोभिडको दोस्रो लहरको असर नेपालमा क्रमिक रुपमा बढ्दै गएपछि अस्पतालमा कोभिड-१९ उपचार सेवा थप विस्तार गर्नुपरेमा आकस्मिक बाहेकका अन्य सेवाहरु स्थगन गर्नुपर्ने अवस्था आउनसक्ने प्रतिष्ठानले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...