News Portal

मकाउमा नेपाल आदिबासी जनजाति महासंघ स्थापना, अध्यक्षमा भिमकुमार राई निर्विरोध निर्वाचित (भिडियो सहित)

“महासंघ हङकङ, युके, हङकङ-मकाउका राजदूत र उपराष्ट्रपतिले गठित संघलाई शुभकामना दिए”

हिमालीसंचार संवाददाता
१२३४ पटक

मकाउ – मकाउमा संगठित विभिन्न जातिय संस्थाहरुको विशेष प्रतिनिधिहरुको उपस्थितिमा हिजो २५ तारिख आइताबार मकाउ स्थित नेपाली रेष्टुरेन्ट ८८४८ मकाउमा नेपाल आदिबासी जनजाति महासंघ मकाउ स्थापना गरिएको छ।

मकाउमा संगठित जातीय संस्था “तामाङ धेदुङ मकाउ, किरात याक्थुङ चुम्लुङ मकाउ, किरात राई यायोक्खा मकाउ, मगरसंघ मकाउ, शेर्पा समाज मकाउ, गुरुङ तमु समाज मकाउ, चौधरी समाज मकाउ, नेवार समाज मकाउ र सुनुवार समाज मकाउका विशेष प्रतिनिधिहरुको उपस्थितिमा हिजो २५ तारिख आइताबार भिमकुमार राईको अध्यक्षतामा नेपाल आदिबासी जनजाति महासंघ मकाउमा स्थापना भएको हो।

संधको अध्यक्ष भिमकुमार राई, उपाध्यक्ष भिम गुरुङ, उपाध्यक्ष हिरा थापा मगर, उपाध्यक्ष दावा पासाङ शेर्पा, महासचिव ओम तामाङ, सचिव मेधराज नेयोङहाङ लिम्बु, सहसचिव विरेन वाइवा, कोषाध्यक्ष रत्न मणी राई, सहकोषाध्यक्ष गौरी चोम्बाङ र सदस्यहरु छोग्याल शेर्पा, सेरहाङ याक्सो, कृष्ण बहादुर तामाङ, सेर बहादुर गुरुङ, भिम बहादुर गुरुङ, अविन राई, कृष्ण याम्फु राई, त्रिपक शिरिस मगर, विन्दु सुनुवार र झालाक्पा शेर्पा गरी २१ सदस्यको बृहद कमिटी गठन गरेका हुन्। 

संधको विशेष सल्लाहकारमा सुदर्शन थापा मगर लगायद प्रत्येक जातिय संस्थाका अध्यक्ष सल्लाहकार चयन गरी नेपाल आदिबासी जनजाति महासंघ मकाउ स्थापना गरेका हुन्। संधले “विभेदको अन्त्य र समानता” भन्ने नारा सहित मकाउमा पहिले पटक नेपाल आदिबासी जनजाति महासंघ मकाउ स्थापना गरेका हुन्।

आयोजित कार्यक्रममा नेपाल जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवारद्वारा हस्ताक्षरित शुभकामना सन्देश, नेपाली महावाणिज्य दूतावास हङकङ-मकाउका महावाणिज्य दूत उदय रानामगरको शुभकामना सन्देश र उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” द्वारा हस्ताक्षरित शुभकामना सन्देश कार्यक्रम संचालक द्वय कृष्ण याम्फु राई र विरेन वाइवाले पढेर सुनाएका थिए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...