News Portal

मकाउमा नेपाल आदिबासी जनजाति महासंघ स्थापना, अध्यक्षमा भिमकुमार राई निर्विरोध निर्वाचित (भिडियो सहित)

“महासंघ हङकङ, युके, हङकङ-मकाउका राजदूत र उपराष्ट्रपतिले गठित संघलाई शुभकामना दिए”

हिमालीसंचार संवाददाता
११९४ पटक

मकाउ – मकाउमा संगठित विभिन्न जातिय संस्थाहरुको विशेष प्रतिनिधिहरुको उपस्थितिमा हिजो २५ तारिख आइताबार मकाउ स्थित नेपाली रेष्टुरेन्ट ८८४८ मकाउमा नेपाल आदिबासी जनजाति महासंघ मकाउ स्थापना गरिएको छ।

मकाउमा संगठित जातीय संस्था “तामाङ धेदुङ मकाउ, किरात याक्थुङ चुम्लुङ मकाउ, किरात राई यायोक्खा मकाउ, मगरसंघ मकाउ, शेर्पा समाज मकाउ, गुरुङ तमु समाज मकाउ, चौधरी समाज मकाउ, नेवार समाज मकाउ र सुनुवार समाज मकाउका विशेष प्रतिनिधिहरुको उपस्थितिमा हिजो २५ तारिख आइताबार भिमकुमार राईको अध्यक्षतामा नेपाल आदिबासी जनजाति महासंघ मकाउमा स्थापना भएको हो।

संधको अध्यक्ष भिमकुमार राई, उपाध्यक्ष भिम गुरुङ, उपाध्यक्ष हिरा थापा मगर, उपाध्यक्ष दावा पासाङ शेर्पा, महासचिव ओम तामाङ, सचिव मेधराज नेयोङहाङ लिम्बु, सहसचिव विरेन वाइवा, कोषाध्यक्ष रत्न मणी राई, सहकोषाध्यक्ष गौरी चोम्बाङ र सदस्यहरु छोग्याल शेर्पा, सेरहाङ याक्सो, कृष्ण बहादुर तामाङ, सेर बहादुर गुरुङ, भिम बहादुर गुरुङ, अविन राई, कृष्ण याम्फु राई, त्रिपक शिरिस मगर, विन्दु सुनुवार र झालाक्पा शेर्पा गरी २१ सदस्यको बृहद कमिटी गठन गरेका हुन्। 

संधको विशेष सल्लाहकारमा सुदर्शन थापा मगर लगायद प्रत्येक जातिय संस्थाका अध्यक्ष सल्लाहकार चयन गरी नेपाल आदिबासी जनजाति महासंघ मकाउ स्थापना गरेका हुन्। संधले “विभेदको अन्त्य र समानता” भन्ने नारा सहित मकाउमा पहिले पटक नेपाल आदिबासी जनजाति महासंघ मकाउ स्थापना गरेका हुन्।

आयोजित कार्यक्रममा नेपाल जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवारद्वारा हस्ताक्षरित शुभकामना सन्देश, नेपाली महावाणिज्य दूतावास हङकङ-मकाउका महावाणिज्य दूत उदय रानामगरको शुभकामना सन्देश र उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” द्वारा हस्ताक्षरित शुभकामना सन्देश कार्यक्रम संचालक द्वय कृष्ण याम्फु राई र विरेन वाइवाले पढेर सुनाएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...