News Portal

दिक्तेल र बुईपा जोड्ने छोटो सडक खण्डमा बस सेवा सुरु

हिमालीसंचार संवाददाता
३०९ पटक

खोटाङ – दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा वस सेवा मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

दिक्तेलबाट बुईपा पुग्ने दोश्रो तथा छोटो सडक खण्डमा बस सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कबाट बाम्राङ–डल्लेदोभान–दम्कु हुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा पुग्ने दोश्रो तथा छोटो बाटोमा वस सेवा सुरु गरिएको हो ।

आइतबार रत्नपार्कमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले रिवन काटेर रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा–गाईघाट बस सेवा संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

दिक्तेलबाट नुनथला–महुरे–बुईपा हुँदै उदयपुरको गाईघाट सम्म संचालन थियो। अव दिक्तेलबाट सिधै बाम्राङ हुँदै बुईपा पुगेर गाईघाट पुग्न सकिने वातावरण बनेको छ । बाम्राङ र बुईपाका स्थानीयको मागका आधारमा यातायात व्यवसायीसँग सहकार्य गरेर रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडक खण्डमा बस सेवा सुरु गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले बताए ।

बाम्राङ र बुईपातर्फबाट सडक जोडिएको केही समयपछि रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडकमा बस संचालन गरिएको हो। नगरपालिकाको सहयोगमा जेसिभि लगाएर सडकको चौडाई बढाएर सवारी साधन संचालनमा ल्याइएको हो । रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडकमा पहिलोपल्ट बस तथा जीप संचालन हुदा स्थानीय लाभान्वित भएका हुन् ।

दिक्तेलको रत्नपार्कबाट दैनिक दिउँसो ४ वजे बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा हुंदै गाईघाटका लागि बस छुटाउने तयारी गरेको यातायात व्यवसायीले बताएका छन् । दिक्तेलबाट नुनथला–महुरे हुँदै बुईपा पुग्नुभन्दा दिक्तेलबाट बाम्राङ हुँदै बुईपा पुग्नु छोटो दुरी पर्ने भएको हुदा खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

दिक्तेलबाट नुनथला–महुरे हुँदै हलेसी तुवाचुङ नगरपालिकाको विजुले पुग्ने गरिएकामा दिक्तेलबाट बाम्राङ–बुईपा हुँदै विजुले पुग्ने दोश्रो बाटो पनि संचालन भएको छ । 

ठेकेदारको लापरवाहीका कारण सडकको काम पुरा नहुँदै विचैमा अलपत्र परिरहेको सडक आगामी दिनमा दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडक स्तरोन्नतीका लागि संबन्धित निकायासंग पहल गर्ने मेयर रिजालले प्रतिवद्धता जनाए।

यस्तै, दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडक खण्डमा पर्ने डल्लेदोभानमा मोटरेबल पुल निर्माणका लागि नगरपालिकाले डिपिआर तयार भइ सकेको छ । ‘यही सडकमा पर्ने डल्लेखोलामा पुल निर्माणका लागि डिपिआर तयारी रहेको छ,’ मेयर रिजालले भने, ‘३ करोड ८८ लाखन्दा बढिको लागत स्टीमेट आएको छ ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...