News Portal

कोरोना महामारीको लकडाउनपछि पहिलो पटक नेपाली नागरिक मकाउ फर्किए

“पहिलो पटक १० जना नेपाली नागरिक मकाउ फर्किए, ८ औ उडान मार्फत मकाउबाट नेपाली नागरिक स्वदेश फिर्ता”

हिमालीसंचार संवाददाता
६०७ पटक

मकाउ – कोरोना भाइरस नियन्त्रण गर्न मकाउ सरकारले हवाई उडानमा कडाई गरेका कारण विगत धेरै लामो समयदेखि नेपाल छुट्टीमा गएका नेपालीहरु लकडाउनका कारण मकाउ फर्कन सकिरहेका छैनन्। मकाउ स्थित जेल गार्डमा कार्यरत ३ जना नेपाली सहित ७ जना मकाउ आइडी वाहक नेपालीहरु हिमालय एयरलाइन्सको चार्टस विमान मार्फत आज पहिलो पटक १० जना नेपाली मकाउ प्रवेश गरेका छन्।

हिमालय एयरलाइन्सको चार्टर विमान एच ९-८६६२ मार्फत ३ जना ब्लुकार्ट र ७ जना मकाउ आइडी वाहक नेपाली नागरिक मकाउको स्थानीय समय ४:३० बजे मकाउको अन्तराष्ट्रिय विमान स्थल मकाउ अवतरण गरेका हुन । उनीहरुको मकाउ सरकारले निर्धारण गरेको सुरक्षा मापडण्ड अनुरूप करेन्टाइनका लागि आवश्यक तयारी भइरहेको छ। 

त्यस्तै, मकाउबाट १५ जना नेपाली नागरिक, ८ जना भारतीय नागरिक, २ जना नेपाली मुलका भूटानी नागरिक र १ जना ब्रिटिश पासपोर्ट वाहक नाबालक सहित २६ जना यात्रुहरु सोही चाटर्स उडान मार्फत मकाउदेखि निर्धारित समय अनुसार ४:४५ बजे काठमाण्डौ लागि जहाज फर्केको नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष सुदर्शन थापा मगरले हिमाली संचारसंगको कुराकानीमा जानकारी दिएका हुन ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...