News Portal

खोटाङको हलेसी दर्शनका लागि गएको बस दुर्घटना, १ जनाको मृत्यु, २२ घाइते

हिमालीसंचार संवाददाता
६७३ पटक

खोटाङ – खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २२ जना दर्शनार्थी घाइते भएका छन् । दुर्घटनामा सिन्धुपाल्चोक जिल्लाका अन्दाजी १८ वर्षीय सहचालक अनिल तामाङको धटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको दर्शनार्थी बोकेको बा३ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घट्ना हुँदा तामाङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कनेक्रममा दर्शनार्थी बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटना भएको थियो । सडकको घुम्ती पुग्न लाग्दा पल्टिएको बस अन्दाजी २० मिटर तल अर्को सडक खण्डमा अड्किएको थियो ।  धटना स्थलमा ९ जना यात्रु गम्भीर घाइते छन।

सामान्य घाईतेहरुलाई स्थानीय स्वास्थ्यचौकी बाहुनीडाँडा र च्यास्मीटारका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरी उद्धारका क्रममा घट्नास्थल पुगेका स्थानीयले बताएका छन् । बसमा चालक र सहचालक सहित ३५ जना सवार थिए।  धटना स्थलमा गम्भीर घाइते भएकालाई उपचारका लागि छिमेकी जिल्ला उदयपुरको कटारी पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिएका छन 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...