News Portal

नरसिंह गाउँपालिका अध्यक्ष जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

हिमालीसंचार संवाददाता
३७४ पटक

सुनसरी – सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

भोक्राहा नरसिंह गाँउपालिका वडा नं. ३ का ५४ वर्षीय यादवलाई धरान उपमहानगरपालिका वडा नं. १३ स्थित रहेको डुकु होटल एण्ड लजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त लजको कोठामा युवतीलाई लगेर जबरजस्ती करणी गरेको सूचना आएपछि इलाका प्रहरी कार्यालय धरानको टोलीले यादवलाई बुधबार पक्राउ गरेको भए पनी आज सार्वजनिक गरेको हो। 

धनकुटा जाने सडक किनारमा रहेको होटलमा उनी युवतीसँगै पक्राउ परेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए। अध्यक्ष यादवले काममा लगाइदिने होटलमा खाजा नास्ता गराएका थिए। कोठामा पुगेपछि जबरजस्ती करणी गरेको पीडित युवतीले बताएको थापाले बताए। 

अध्यक्ष यादवलाई जबरजस्ती करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर हिरासत राखिएको प्रहरीले बताएको छ। 

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...