News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • रंगेली र सुनवर्सी नगरमा कुकुर आतंक, गाँउका खसी बाख्राहरुमा आक्रमण

    हिमालीसंचार संवाददाता
    ५४६ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीयहरु भुसिया कुकुरको आतंकबाट आतंकित भएका छन । भुसिया कुकुरले गाउँका खसी बाख्रामा आक्रमण समेत गर्न थालेका छन्।

    महिना अगाडिदेखि स्थानीयले आफ्नो घरमा पालनपोषण गरेका खसी बाख्राहरुलाई जोगाउन हम्मेहम्मे परिरहेको छ । रंगेली ७ का स्थानीय रामचन्द्र सहनीले पाल्दै आएको एक  माउ बाख्रालाई १५ दिन अगाडि खेतमा चराई रहेको अवस्थामा चारैतिरबाट घेरेर उक्त बाख्रालाई घाइते बनाएर बाख्राको भुँडी नै बाहिर निकालेको रामचन्द्र  सहनीले बताए ।

    उनका अनुसार “बाख्रा निको हुने आसमा आफुले २ हजार रुपैयाँ समेत खर्च गरिसकेको तर बाख्रो भने पैसा मात्रै खर्च भयो तर   बचाउन सकिन ।  स्थानीय  रबनिया ऋषिदेवको पनि एक बर्षको अबधिमा ४ वटा २० केजीको खसी समेत कुकुरको टोकाइबाट उपचार गर्दा गर्दा मरेको दुखेसो पोखे । अब हामीले कसरी खसी बाख्रा पालनपोषण गर्ने भन्दै बिलौना गरिरहेका छन ।

    गाउघरमा खान नपाएर अहिले कुकुरहरु सिकारी भएको र कुकुरले खसी बाख्रा र साना बाछाबाछीलाई समेत टोक्ने गरेको उनले बताए। सुरेन्द्र मंण्डलका अनुसार “आफुले मकै रोप्दा समेत कुकुरहरुले सबै खोस्रिएर बिग्रिएको र पुनः अर्को पल्ट रोप्नु परेको समेत बताए ।  केहिदिन अगाडि बिहानको समयमा आफुले लगाएको मकै बारीमा जादाँ ७ वटा कुकुरले आफुलाई चारैतिरबाट घेरा हालेर झम्टन आएपछि आफुलाई ज्यान जोगाउन समेत मुस्किल भएको उनले बताए । नगरपालिका कुकुरहरुको नियन्त्रण नगरे अबको केही महिनामा भयावह अबस्था आउन सक्ने उनको बुझाई रहेको छ । 

    पछिल्लो समायमा रंगेली बजार क्षेत्रमा समेत भुसिया कुकुरको बिगबिगी रहेको र रातको समयमा १० देखि १५ वटा कुकुरहरु बसपार्क, मुख्य बजार तथा नगरपालिका अगाडि राति ९ बजे देखि बिहान ५ बजे सम्म सडकमै रहने र मोटरसाइकल तथा पैदय यात्रीलाई झम्टने गर्ने गरेको स्थानीयहरु बताउँछन्। त्यसैगरी सुनवर्सी नगरपालिका ४ कासिजानमा समेत साता दिन अगाडि करिब १२ केजी,  २३ केजी, २५ केजी र २० केजीका खसी कुकुरले मारेको स्थानीय जीवन कुमार दासले टेलिफोनबाट जानकारी दिए।

    रंगेली नगरपालिका पशुपंक्षी शाखाका प्रमुख दिपक खतिवडाले भने पछिल्लो समयमा भुसिया कुकुरको टोकाईबाट रंगेली नगरपालिका ३ स्थित रंन्जनिका सोम मरन्डिले घरमा पालेको १ वटा सुँगुर, २ वटा गाई र ३ वटा बाख्रालाई समेत कुकुरले टोकेर बिरामी समेत परेको र केही स्थानीयको भने कुकुरको टोकाईबाट गाई बाख्रा समेत मरेको बताए । उनका अनुसार छिमेकी  रतुवामाई नगरपालिका र पथरी नगरपालिकाले बिगत बर्ष देखि भुसिया कुकुरहरुलाई नियन्त्रणमा लिएर बन्धायाकरण गरे पछि अहिले भने सो ठाउँमा कुकुरहरु नियन्त्रणमा आएको उनले बताए ।   

    पछिल्लो समयमा नेपाल सरकार बाटै कुकुरहरु जथाभावी मार्ने नपाईने निर्णय गरेपछि अब रंगेली नगरपालिकाले पनि नयाँ आर्थिक बर्षमा कुकुरको बन्धायाकरणका लागि बजेट छुटिएमा रंगेली नगरपालिका भित्रका भुसिया कुकुरको बन्ध्याकरण गर्न    जरुरी रहेको खतिवडाले बताए।  भुसिया कुकुरहरुको नियन्त्रणका बिषयमा समयमै ध्यान नदिए गाउँपालिका तथा नगरपालिकाले   ठुलो क्षती बेहोर्नु पर्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकियो, थुनछेक बहस सुरु — अब थुना या धरौटीको टुंगो लाग्ने चरणमा

    काठमाडौं, जेठ २१ – तीनकुने घटनासँग जोडिएर पक्राउ परेका दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीहरूको बयान...

    राजावादी नेताहरूको आन्दोलन जारी रहेसम्म अंगरक्षक नपाउने : गृहमन्त्री लेखक

    काठमाडौं, जेठ २१ – संविधानविपरीत गतिविधि र निरन्तर आन्दोलनमा उत्रिएका राजावादी नेताहरूलाई सरकारले अब व्यक्तिगत...

    गृहमन्त्री लेखकको भनाइ– “राजीनामा होइन, सदनमै सबै प्रश्नको जवाफ दिन तयार छु”

    काठमाडौं, जेठ २१ – भिजिट भिसा प्रकरणका कारण चौतर्फी दबाबमा परेका गृहमन्त्री रमेश लेखकले आफूले...

    आजको राशिफल

    आज जेठ २१, २०८२ (जुन ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रंगेलीका मेयरले गरे जग्गा दान

    मोरङ, जेठ २० – रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले फोहोर र लेदो व्यवस्थापनका लागि आफ्नो...