News Portal

पटक पटक भूकम्पले ढलेको धरहरा फेरी ठडिदैछ

हिमालीसंचार संवाददाता
५४२ पटक

काठमाण्डौ – विस २०७२ वैशाख १२ गतेको महा भूकम्पले सुनधारा स्थित रहेको धरहरा ढलेपछि धरहराको ठुटोसँगै निर्माण गरिएको नयाँ ‘धरहरा’मा अहिले धरहरा ठडिन अन्तिम चरममा पुगेको छ।

धरहरा आगामी वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसैले धरहरा निर्माणमा खटिएका श्रमिकहरुलाई काम भ्याई-नभ्याई हरेक कामको चटारो छ ।

पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार प्लास्टर सकेर रंग रौगन र बत्ती जडानको काम भइरहेका छन् । धराहराको गजुर पनि भर्खरै राखिएको छ । धरहराको फेदमा सिँढी बनाउने काम द्रुतगतिमा अधिबढी रहेको छ।

भूकम्पले ढलेको धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । धरहराको वरपरको २९ रोपनी जग्गामा विस्तारित धरहरा सुन्धारालाई समेटेर विशेष पार्क बनाउने सरकारी योजना अनुसार कुल बजेट ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले निर्माण द्रुत गतिमा विस्तार गरिरहेको छ।

सुनधाराको गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर पार्क बनाईएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ स्थल समेतको राम्रो  सुविधा हुने गरी निर्माण भइरहेको छ ।

पार्कतर्फको काम नसकिएपछि भूकम्पले क्षतिग्रस्त सम्पदा फेरि उभिनु गौरवको विषय भएकाले आगामी वैशाख १२ गते अघि नै उद्घाटन गर्न लागिएको इन्जिनियर मानन्धरले बताए ।

धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बने पनि भित्र संरचना अत्याधुनिक सुविधा सम्पन्न रहेको छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ । विस १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको धरहरा प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट समेत रहने छ ।

निर्माणाधीन धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी अत्यआधुनिक लिफ्ट हुनेछ । पुरानो भग्नावशेष धरहरा रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने विशेष योजना रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...