News Portal

गजुरमुखि जेभिको लापरबाही कारणले युवकको ज्यान गयो

हिमालीसंचार संवाददाता
४२५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको गजुरमुखि जेभि कन्ट्रक्सनले    सडकमा कल्भट बनाउने क्रम्मा ट्राफिक मुलक सचेताना तथा साईन  बोर्ड नराख्दा एक युवकको मृत्यु  भएको छ ।

रंगेली विराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँपालिका ४ स्थित भलुवा चोक नजिकै बनाउदै गरेको कल्भटमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को २७ प ६४५९  नम्बरको मोटरसाइकल साईकल दुर्धटना हुदा रंगेली नगरपालिका ३ मंगलवारे बस्ने २५ बर्षिया भोला शर्माको घटना स्थलमै मृत्यु भएको छ।

मोटरसाइकलमा पछाडी सवार रंगेली ३ बस्ने २४ बर्षका कसमिक मुर्मु घाइते भएको र उनको न्यूरो अस्पतालमा उपचार हुदै गरेको स्थानीय सुभाष सिग्देलले बताए । उनको बुबाका अनुसार शनिबार राती ९ बजे आफुले फोन गर्दा कर्सिया बजारमा रहेको उनले बताएका थिए । आईतबार बिहान ५ बजे स्थानीयले उक्त कल्भटमा देखेपछि आफुलाई खवर गरेको स्थानीयले सिग्देललाई जानकारी गराएका थिए । मृतकको एक छोरी र श्रीमती गर्भवती समेत रहेको उनका बुवा राजेन्द्र शर्माले बताए। 

गजुरमुखी जेभिले सडक फराकिलो पार्नका लागि साविक सडकलाई  दाँयाबाँयामा  उक्त कम्पनीले  पुरानो माटोलाई हटाएर नयाँ माटो हाल्नका लागि उक्त ठाउँमा अहिले तीन फिट गहिरो  बनाएर छाडेका कारणले समेत दुर्घटना बडदै गएको छ।  निर्माणाधीन सडकमा ३  महिना बितिसक्दा समेत उक्त ठाउँहरुमा समयमै नयाँ माटो नहाल्दा  धुमाउरो तथा साधुरो भएको सो सडकमा दुर्घटना निम्तियाउने सम्भावना बडदै  जाँदा समेत ठेक्क्दार कम्पनीहरुले कुनै चासो नदेखिएको मनोज पासवानले बताए। 

अहिले गजुर मुखिले हुलाकी सडक बनाउने क्रममा सुनवर्सी नगरपालिका, धनपालथान गाउँ पालिका र रतुवामाई नगरपालिका भित्रको सडक निर्माणकार्य गरिरहेता पनि सो कम्पनीको लापरबाहीका कारणले दुर्घटनाको उच्च जोखिम बनाएर छाडेको छ।

दुई महिना अगाडी समेत सुनबर्सीको भेडुवाथान नजिकै विराटनगरको स्कुल बस सडकको दायाँबायाँ बनाएको खाल्डो पल्टिँदा १२ जना विधार्थी घाइते भएका थिए। यसरी दुर्घटना निम्त्याउने सम्धित ठेक्केदार कम्पनीलाई समयमै कार्वाही नगरे सो ठाउँमा अन्य दुर्घटना हुन सक्ने देखिन्छ। उक्त बिषयमा सम्बन्धित निकाले समयमै ध्यान दिन जरुरी छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...