News Portal

कर्णाली प्रदेशका महेन्द्रबहादुर शाहीले लिए विश्वासको मत, एमाले सांसदले गरे फ्लोर क्रश

हिमालीसंचार संवाददाता
३६८ पटक

काठमाण्डौ – एमालेबाट फ्लोर क्रश र नेपाली कांग्रेसको समर्थनका कारण कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वसको मत पाएका छन् । शुक्रवार बसेको कर्णाली प्रदेश सभा बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको हो ।

नेकपा माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सांसदको मत उनका लागि सुनिश्चित देखिए पनि एमालेबाट ४ मत चोर्न मुख्यमन्त्री शाही सफल भएका हुन् । एमालेले मुख्यमन्त्री शाहीको विश्वासको मतका विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।

हाल ३९ सदस्य कायम रहेको कर्णाली प्रदेश सभामा एमाले एक्लैका २० सांसद छन् । एमालेका सांसदको समर्थनविना शाही नेतृत्वको सरकार जोगिन सम्भव नै थिएन ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...