News Portal

कैलालीमा विद्यालयको लेखापाल परिक्षामा मनोमानी, सह–प्रधानाध्यापकको छोरीलाई मोबाइल प्रयोग गर्न छुट

हिमालीसंचार संवाददाता
५०९ पटक

जनक महरा/कैलाली – कैलालीको चुरे गाँउपालिका – ६ स्थित भगवती माबि कोट ढुंगेनीमा कर्मचारी भर्नामा मनोमानी भएको खुलेको छ। २०७७ चैत्र २८ लेखापालको परिक्षा सम्पन्न भयो। परिक्षामा जम्मा ४ जना सहभागी मध्ये ३ जनाले अन्याय भएको बताएका छन।

परिक्षाको गार्ड भएका विद्यालयका अध्यक्ष भगिराम सारु मगरले परिक्षामा सार्न, मोबाईल प्रयोग गर्न नपाईने भएपनी अध्यक्ष मगरले नै मोबाईल प्रयोग गरि हिसाब गर, सक्छौ भने कतैबाट सारेर लेख भनेको हुँदा मनोमानी भएको परिक्षामा सम्मेलित एक जनाले बनाएका हुन्।

बुझ्दै जाँदा परिक्षाबाट छनोटमा परेको व्यक्ति विद्यालयका सह–प्रधानाध्यापकको छोरी भएको र उसलाई परिक्षामा मोबाईल प्रयोग गर्ने, किताबबाट सार्न मिल्ने भनी पहिले नै जानकारी भएको र उसले माज्जाले सार्यो, हामी हेरेको हेरेई भर्यो…! परिक्षामा सहभागी अन्य तीन जनाले बताए।

तर सह–प्रधानाध्यापकले भने छोरीलाई लेखापाल पद छनोटमा मेरो कुनै हात नरहेको र झुटा आरोप लगाएको बताएका हुन्। विद्यालय व्यावस्थापन समितीका अध्यक्ष तथा परिक्षाका केन्द्राध्यक्ष भगिराम सारु मगरले मोबाईल परिक्षा हलमा लग्न दिएको र एक चोटी सबैलाई सार्न दिएको स्वीकार गरेका छन्। उनले भने,” मनोमानीको कुरा भने गलत हो, केही कमी कम्जोरी म बाट भएकै हो।

युवाहरुले भने परिक्षामा सार्न दिनु, बैठकमा बोलाउदा नआउनु तथा जे सक्छौ गर भन्ने शब्दले यसमा विद्यालय व्यावस्थापन समितीका अध्यक्षको मिलेमतोमा छनोट प्रक्रियामा होडबाजी गरेको हुनसक्ने भन्दै आरोप लगाएका छन्।

परिक्षा मर्यादीत भएन् फेरी गर्नुपर्ने भन्दै स्थानिय चुरे क्लबका युवा सचीव गणेश नाथ योगिले बताए। परिक्षा जस्तो कुरामा मनपरि भयो, गलती स्वीकार गरेर पुनः परिक्षा नगरे आफु आन्दोलन गर्नपछी नगर्ने स्थानिय युवाले आक्रोस व्यक्त गरेका हुन्।

त्यसरी कर्मचारी भर्ना गरिएको विषयमा विद्यालयका प्रधानाध्यापक भक्त बहादुर ऐरीसँग प्रतिक्रिया माग्दा उनले विद्यालयले कर्मचारी भर्नाको बिषयमा आफ्नोलाई नभई राम्रो र उष्कृटलाई छनोट गरेको बताए।

विद्यालयको अन्य कार्यक्रम रहेको हुँदा सूचना प्रकाशन गर्न पर्याप्त समय थिएन त्यसकारण समितीको बैठक अनुसार नै परिक्षा गरेको तथा अलि हतारमा परिक्षा गरिएको हो। उनले भने ,“ अलि हतार भए पनी कुनै मनोमानी नभएको हुँदा विद्यालय माथी झुटा आरोप लगाएको तथा विद्यालय व्यावस्थापन समिती, शिक्षक ,स्थानीय तथा परिक्षार्थीको बैठक बोलाएर छिट्टै समाधान गर्ने बताएका छन”।

(प्रकाश नाथ योगीको सहयोगमा)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...