News Portal

सरकारले दिएको पदक विषयमा सामाजिक संजालमा चौतर्फी आलोचना

हिमालीसंचार संवाददाता
३८६ पटक

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएका व्याक्तिहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन्। उक्त पदकको चौतर्फी आलोचना भइरहेको छ।

नेपाल सरकारबाट प्राप्त पदकसहित सम्मानित व्यक्तिहरुले आफ्नो तस्वीर सामाजिक सञ्‍जालमा राख्दै खुशी व्यक्त गरे, जहाँ प्रदान गरिएको पदकमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्शा थिएन। 

संसदले समेत अनुमोदन गरेको उक्त नक्शामा सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेकसहितको भूमि समेटिएको थियो । शुक्रबार वितरण भएको पदकमा नयाँ नक्शा नदेखिएपछि सामाजिक सञ्जालमा ‘चुच्चे नक्शा खै’ भन्ने प्रश्न उठिरहेको छ ।

नयाँ नक्शा किन नराखेको भन्‍ने प्रश्‍नमा गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा भन्छन्, ‘यो पोहोर सालकै पदक हो । कोरोनाका कारण दिन पाइएको थिएन । पोहोर पदकमा पहिल्‍यै छापिएर आइसकेकाले फेर्न मिलेन ।’ उनका अनुसार यो पदक २०७६ सालमा घोषणा गरिएको हो ।

उनका अनुसार पदक लिन बाँकी रहेकाहरुलाई वैशाख १ गते नयाँ नक्शासहितको पदक प्रदान गरिने बताए । उनले भने, ‘आज बाँडिएको पदक पहिल्‍यै छापिएको हो । बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गर्ने बताए ।’

विभूषित हुनेमा महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व.मदनमणि दीक्षित, पूर्वमन्त्री स्व. रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, चिकित्सक प्रा. डा. दिव्यासिंह शाह रहेका छन् ।

यस्तै, सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट चिकित्सक डा. सन्दुक रुइत, प्रसिद्ध प्रबल जनसेवाश्री (द्वितीय) बाट सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा रहेका छन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिंदै आएको हो । गत वर्ष विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...