News Portal

  • पार्टी छोडेर मन्त्री बनेका आङ्बुहाङको सांसद पद खोसियो

    हिमालीसंचार संवाददाता
    ४२१ पटक

    धरान – पार्टी परित्याग गर्दै प्रदेश १ को मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले कारबाही गरेको हो।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार उनले उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। आंङ्बुहाङलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ।

    गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए। सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

    टङ्क आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् ।

    नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैरसांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान रहेको छ । तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...