News Portal

सिद्धकाली गोबरले काम सम्पन्न नगरी रकम लिए, रंगेली नगरपालिका मुख दर्शक

हिमालीसंचार संवाददाता
४१५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले कामै सम्पन्न नभई रकम भुक्तानी गरेको भेटिएको छ। नेपाल सरकारको २० हजार ४ सय रुपैयाँ र नगरपालिकाको २० हजार रुपैयाँ अनुदान र कृषकले २५ हजार रुपैयाँ बेहोर्नु पर्ने हुन्छ ।

रंगेली नगरपालिकाको वडा नम्बर ६ आमतोलामा निर्माण भएको गोवर ग्यास प्लान्ट सम्झौता मिति सम्पन्न भएको ९ महिना बितिसक्दा समेत गोबर ग्यास प्लान्ट भने निर्माण सम्पन्न हुन सकेको छैन । 

सिद्घकाली गोबर ग्यास प्रालि, मेचि गोबर ग्यास र मेचि महाकाली गोबर ग्यासले नगरपालिकाबाट विस २०७७ जेठ २१ गते सम्झौता  भएको    सो काम विस २०७७ असार २५ गते ३५ दिनमा काम  सम्पन्न गरि सक्नुपर्ने भएता पनि ९ महिना बितिसक्दा समेत सो काम पूरा  हुन  सकेको छैन ।  

उक्त काम सिद्ध काली गोवर ग्यासले सुरु गरेको थियो ।  कम्पनीले वडा नम्बर १ र ६ गरि १२ बटा गोबर ग्यास प्लान्ट बनाउने जिम्मेवारी पाएको थियो । तर वडा नम्बर ६ मा राज कुमार मंण्डल, मनोज मंण्डल, निकेश मंण्डल, जितेन्द्र मंण्डलको घरमा साता दिन अगाडि मात्रै आएर ग्यासको पाईप जडान गरिदिएका छन । तर   सुर्य मंण्डलको घरमा भने इन्ललेट र आउट लेटको काम भने अधुरो छाडेका छन ।

उक्त कम्पनी ले गोबर ग्यासको ग्यारेन्टी फम भर्नु पर्ने भन्दै केही  उपभोक्ताहरु संग २ हजार रुपैयाँ समेत रकम लिएको रिना देवि मंण्डलले बताईन। यसरी  कामै सम्पन्न नभई कसरी भुक्तानी गर्नु भयो भन्ने बिषयमा रंगेली नगरपालिका कार्यकारी अधिकृत टोम प्रसाद सुवेदीले भने कामै सम्पन्न नभई रकमा निकासा भएको आफू  ले  स्वईकार  गरेका छन ।  

पुन: ठेक्केदारलाई उक्त काम गर्न लगाउने बताए। यसरी नगरपालिकाले कामै सम्पन्न नभएको र कामको निरिक्षण नै नगरी रकम भुक्तानी गर्नु कतिको गैरजिम्मेवारी हो त ? सिद्ध काली गोबर ग्यास प्रालिका महाप्रवधक भए पनि आफू सामान्य कर्मचारी भएको  उमेश वस्तिले बताए।

उनले भने उपभोक्ताको कमजोरी र समयमै सामग्रीहरु नजुटाएको हुनाले काम ढिलो भएको भन्दै पन्छिन खोजेका छन । पुनः रंगेलीमा २० घर परिवारलाई गोबर ग्यास थप गर्न पुनः सिद्धकाली कम्पनीलाई नै निर्मण गर्ने दिईन लागिएको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...