News Portal

सुनवर्सी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट प्रतियोगिता शुरु

हिमालीसंचार संवाददाता
३७६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको  सुनवर्सी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट प्रतियोगिता सुरु भएको छ । सुनवर्सि ६ स्थित केरन्जाको खेल मैदानमा विधिवत रुपमा क्रिकेट खेलको उद्घाटन गरेर खेल सुरु भएको हो।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका डिग वहादुर लिम्बू, बिशिष्ट अतिथि नेपाली कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरे, नगरपालिकाको मेयर काली प्रसाद दास, वडाअध्यक्ष, स्थानीय बुद्धिजीवीहरुको उपस्थितिमा खेलको उद्घाटनमा अतिथिहरुलाई नृत्य समेत देखाएर मनोलञ्जन गरिएका थिए। 

खेलमा नगर भित्रका १६ टिमको सहभागीता रहेको छ । चैत्र १८ गतेदेखि सुरु भएर ३१ गतेसम्म सो खेल संचालन हुने छ। खेलका बिजेतालाई नगद १ लाख रुपैयाँ र उपविजेता लाई ७५ हजार नगद, प्रमाणपत्र सिल्ड पुरस्कृत गरिने खेलका संयोजक मकर तामाङले बताए ।  उक्त खेल दैनिक २ वटा खेल हुने र २० ओभरमा खेल खेलाईने तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...