News Portal

सुनवर्सी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट प्रतियोगिता शुरु

हिमालीसंचार संवाददाता
३३६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको  सुनवर्सी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट प्रतियोगिता सुरु भएको छ । सुनवर्सि ६ स्थित केरन्जाको खेल मैदानमा विधिवत रुपमा क्रिकेट खेलको उद्घाटन गरेर खेल सुरु भएको हो।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका डिग वहादुर लिम्बू, बिशिष्ट अतिथि नेपाली कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरे, नगरपालिकाको मेयर काली प्रसाद दास, वडाअध्यक्ष, स्थानीय बुद्धिजीवीहरुको उपस्थितिमा खेलको उद्घाटनमा अतिथिहरुलाई नृत्य समेत देखाएर मनोलञ्जन गरिएका थिए। 

खेलमा नगर भित्रका १६ टिमको सहभागीता रहेको छ । चैत्र १८ गतेदेखि सुरु भएर ३१ गतेसम्म सो खेल संचालन हुने छ। खेलका बिजेतालाई नगद १ लाख रुपैयाँ र उपविजेता लाई ७५ हजार नगद, प्रमाणपत्र सिल्ड पुरस्कृत गरिने खेलका संयोजक मकर तामाङले बताए ।  उक्त खेल दैनिक २ वटा खेल हुने र २० ओभरमा खेल खेलाईने तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...