News Portal

सरकारी निकायको कमजोरीका कारण रामबहादुर चिन्तित

“रामबहादुरले तलब सहित सबै सुबिधाको रकम बुझाउँदा ११ लाख रुपैयाँ राज्यलाई बुझाउनु पर्ने हुन्छ”

हिमालीसंचार संवाददाता
३८२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-८, साझा टोलमा बसोबास  गर्दे आईरहेका रामबहादुर बस्नेत रंगेली अस्पतालका कर्मचारी हुन। उनी विस २०३८ सालदेखि कार्यलय सहयोगी पदमा काम गर्दे आईरहेका छन ।

अहिले उनी सरकारी निकायको कामका कारण समस्यामा परेका छन । निजामति कितावखानासँग रहेका कागजातमा जन्ममिति फरक पर्दा उनी थप समस्यामा परेका छन । रामबहादुरको  नागरिकतामा र अन्य कागजातमा जन्ममिति फरक परेको छ। 

उनको नागरिक लगानी कोष, रंगेली अस्पताल र निजामति कितावखानाको अभिलेखमा बस्नेतको जन्ममिति विस २०२० असार ३० गते रहेको छ । तर  नागरिकतामा विस २०३५ असार ३० गते १८ वर्ष पुरा भएको उल्लेख गरिएको छ । नागरिकताको मिति अनुसार उनी विस २०१७ सालमा जन्मिएको ठहर्छ । सोही अनुसार विस २०७५ साल असार ३० गते नै सेवा निवृत भइसक्नु पर्ने हो । तर, बस्नेत अबकास हुनुपर्ने मिति भन्दा २९ महिना पछि सम्म सरकारी सेवा सुबिधा लिएर जागीर खाइराखेका थिए । 

अहिले आफूले खाएको ३३ महिनाको तलब भत्ता र २ वर्षको दशैंखर्च राज्यलाई फर्काउनु पर्ने भए पछि चिन्तित बनेका छन । नागरिक लगानी कोष, निमामति कितावखाना र रङ्गेली अस्पतालले जारी गरेको परिचयपत्रमा भएको जन्ममितिका आधारमा आफूले काम गरिरहेको बस्नेतले बताए ।  

विस २०७२ साउन ६ गते रङ्गेली अस्पतालका मेसु डाक्टर बिधान चन्द्र झाले निजामति किताबखानालाई बस्नेतको अनिवार्य अबकासका गर्ने  विषयमा पत्राचार समेत  गरेका थिए । ५ वर्ष अघि पठाएको पत्रको जवाफ नआएपछि बस्नेतले अस्पतालमा   काम गरिरहेका थिए। 

विस २०७७ चैत १० गते निजामति किताबखानाले रङ्गेली अस्पताललाई पत्राचार गर्दै निजामति सेवा नियमावलि विस २०५० सालको बाह्रौं संसोधनको नियम १२९ क (४) अनुसार २०७५ असार ३० गतेदेखि हाल सम्म बस्नेतले उपभोग गरेको तलब भत्ता, बीमा थप, चाडपर्व खर्च, पोशाक भत्ता, कर्मचारी सञ्चय कोष थप, महँगी भत्ता, स्थानीय विशेष भत्ताका सुबिधाहरू एकिन गरी हुन आउने रकम नगदै सरकारी कोषमा जम्मा गरी भौचर पठाउन भनेको रामबहादुरले बताए ।  उनले मासिक तलब मात्र ३४ हजार ३७५ बुझ्दै आएको थिए   

तलब र सबै सुबिधाको रकम बुझाउँदा ११ लाख रुपैयाँ  हुन्छ । अनिवार्य अबकासको पत्र नपठाउँदा निजामति कितावखानाले जवाफ नपठाएकोले आफू नियमित काममा गर्दे गरेको उनले  बताए । रंगेली  नगरपालिकाका लेखा अधिकृत रुपा सुनुवारले निजामति कितावखानाको गल्तीले समस्या सिर्जना भएको उनले बताईन ।

सरकारी कोषबाट तलब खाने जुनसुकै कर्मचारीले आफ्नो अबकासका विषयमा जानकारी राख्नुपर्ने उनको भनाई रहेको  छ । उनले भनिन् ‘हामीले अस्पतालमा भएका स्थायी कर्मचारीलाई विभागबाट पठाएको तलब खुवाउने मात्र हो । हामीलाई कर्मचारीको विस्तृत विवरण थाहा नहुने उनले बताईन। 

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...