News Portal

  • अभिमुखीकरण तालिममा सेटिङ, बायोमेट्रिक हाजिरी परीक्षण बिना विमानस्थलबाटै विदेश जान छुट

    हिमालीसंचार संवाददाता
    १९३ पटक

    काठमाडौं – वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य रहेको अभिमुखीकरण तालिममा सेटिङ पुष्टि भएको छ। श्रमिकको वायोमेट्रिक हाजिरी परीक्षण बिना नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रस्थान अनुमति दिने गरिएको पाइएको छ। वैदेशिक रोजगार ऐन २०६४ को दफा ७३ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्रम डेस्कको व्यवस्था गर्नुपर्ने उल्लेख छ। उक्त श्रम डेस्कले श्रमिकसंग श्रम स्वीकृति, अभिमुखीकरण तालीम लिएको अनलाइन परीक्षण, पैसा तिरेको रसिद वा भौचर लगायतका आवश्यक कागजात चेकजाँच गर्नुपर्छ तर हाल उक्त डेस्कले सो अनुरुप तालिम लिएको अनलाइन परीक्षण नगरी विदेश जाने अनुमति दिने गरेको पाइएको पाइएको छ।

    २०७३ साल माघ १ गते देखि श्रमिकको वायोमेट्रिक हाजिरी चेक गर्न भनेर विमानस्थलमा मेसिन राखिएको थियो तर उक्त मेसिन संचालनमा ल्याइएपनि त्यसको प्रभावकारी कार्यान्वयन नगर्दा औचित्यहिन हुन पुगेको छ। अभिमुखीकरण तालिम प्रदायक संस्थाले विदेश जाने व्यक्तिको नाम मात्रै वैदेशिक रोजगार सूचना प्रणालीमा अपडेट गर्ने तर वायोमेट्रिक हाजिरी अन्य व्यक्तिको हाल्ने गरेका छन्। जसको परीक्षण अन्तराष्ट्रिय विमानस्थलमा राखिएको डिभाइसबाट गर्नुपर्ने भएपनि परीक्षण नै नगरिएको पाइएको छ।

    डेस्कमा खटिएका कर्मचारीले श्रमिकले अभिमुखीकरण तालिम प्रदायक संस्थामा गएर तालिम लिए नलिएको अनलाइनममा नै हाजिरी चेक गर्नुपर्ने हो तर गरिंदैन, किन गरिएन ? भन्ने प्रश्नमा विमानस्थलमा श्रम डेस्कमा खटिएका अधिकृत हरि पोखरेल भन्छन् ‘श्रमिकको अनलाइन परीक्षण त गरिन्छ तर विदेश जाने सबैको वायोमेट्रिक हाजिरी मिल्दैन तरपनि मानवीयता हेरेर प्रस्थान अनुमति दिएका छौं।’

    वैदेशिक रोजगार वोर्डले वैदेशिक रोजगारीमा प्रस्थान गर्नुपूर्व दिइने अभिमुखीकरण तालिमको नयाँ पाठ्यक्रम चैत्र १ बाट लागू गरेको छ। परिमार्जित पाठ्यक्रम वैदेशिक रोजगार वोर्डको गत मङ्सिर १० गतेको बैठकबाट स्वीकृत भई कार्यान्वयनमा आएको हो। उक्त पाठ्यक्रम कार्यान्वयनका लागि टर्ट तालिम लिएर बसेका तथा अभिमुखीकरण तालिम प्रदायक संस्थामा आवद्ध भई पढाईरहेकाहरुलाई वोर्डले पुनर्ताजगीकरणमा तालिम समेत दिइसकेको छ। तर अझैपनि उक्त पाठ्यक्रम लागू हुनुको सट्टा उल्टै तालिम नै नदिई श्रम स्वीकृति दिने गरेको पाइएको हो।

    वैदेशिक रोजगार नियमावली २०६४ को नियम २० मा वैदेशिक रोजगारमा जाने श्रमिकले वैदेशिक रोजगारमा जानुपूर्व वोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसार अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरेको छ। जसअन्तर्गत नयाँ पाठयक्रम अनुसार २ दिन संचालन हुने तालिममा दैनिक ६ घन्टाका दरले कुल १२ घण्टा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको छ तर अहिले तालिम नै नलिएका व्यक्तिलाई विभागको अनलाइन प्रणालीमा नाम मात्रै उल्लेख भएको आधारमा श्रम स्वीकृति मात्र दिंइदैन, त्यस्ता व्यक्तिलाई विमानस्थलमा खटिएका कर्मचारीको मिलेमतोमा विदेश पठाउने गरिएको गुनासो बढ्न थालेको सरोकारवाला बताउँछन्।

    अनुगमन कम हुने कारण विशेषगरी काठमाडौं बाहिर रहेका अभिमुखीकरण तालिम प्रदायक संस्थाले विदेश जाने व्यक्तिको नाममा अन्य व्यक्तिको थम्ब प्रयोग गरेर अनलाइन प्रणालीमा नाम राख्ने गरेको विभागकै अनुगमनमा भेटिएको थियो।

    सिस्टम बन्द गरेर संस्था अनुगमनमा विभाग

    बैदेशिक रोजगार विभागले पछिल्लो २ हप्ताको समयमा केहि अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन गरेको छ। अनुगमन गरिएका मध्ये १० वटा संस्थालाई कारवाहीको लागि कारोबार रोक्का गरिएको विभागका अनुगमन अधिकृत मात्रिका सापकोटाले जानकारी दिए। अनुगमनका क्रममा कुनै संस्थाले विभागको अनलाइन प्रणालीमा श्रमिकको नाम मात्रै अपडेट गराउने, तालिम नदिने, तोकिएको मापदण्ड पुरा नगर्ने, झोलामा कार्यालय राखेर अर्को संस्थाबाट काम गर्ने गरेको भेटिएको थियो।

    विभागले संस्थाको अनुगमन गर्नु जायज भएपनि विभागले आफ्नो अनलाइन प्रणालीमा पनि सुधार गर्नुपर्ने नेपाल अभिमुखीकरण महासंघका अध्यक्ष राजाराम गौतम बताउँछन्। हाल देशभर १ सय ३८ तालिम प्रदायक संस्थाले तालिम दिन्छन् यी संस्थाको अनुगमन प्रविधिको सहायताले गर्नुपर्ने हो तर गरिंदैन, अध्यक्ष गौतमले भने २०७० सालदेखि हरेक संस्थामा अनिवार्य सिसि क्यामरा राखिएको छ, जसले तालिम लिने हो उसले अनिवार्य बायोमेट्रिक हाजिर गर्नुपर्छ तर त्यसको गराउन नसक्ने अनि २/४ वटा संस्थाको केहि दिन अनुगमन गरेर समस्या समाधान हुन सक्दैन।’

    काठमाडौं रहेको विभागले देखैभर एकैचोटी अनुगमन गर्न सम्भव छैन त्यसैले यसलाई सुधार गर्न प्रविधिको सहि सदुपयोग होस् भनेर महासंघको तर्फबाट विभागका महानिर्देशकलाई ६ बुंदे सुझावपत्र बुझाएका छौं तर त्यसको सुनुवाई भएको छैन, उनले भने।’

    समाधान के हो ?
    हाल समय हेरफेर गर्न सकिने खालको डिभाईस राखिएकोले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा बायोमेट्रिक हाजिरी पठाउने व्यवस्था बनाए पनि गलत गर्ने व्यक्ति हावी हुनसक्ने अवस्थाको निराकरण गर्नको लागि डिभाईसबाट धम्बमात्र तान्ने गरी सिष्टमको विकास गर्नुपर्ने वा रेटिना सिष्टमको विकास गरी दोहोरो जाँचवुज प्रणाली बनाएर कडाईका साथ लागू गर्न सुझाव दिइएको महासंघ अध्यक्ष गौतम बताउँछन्।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थम्ब चेक नगरिने, गरेको अवस्थामा पनि नमिलेको थाहा हुँदाहुँदै मानवीय समस्यालाई हेरेर रोक्न नमिल्ने कारण देखाई विदेश जान दिईने गरिएको छ, गौतमले भने ‘विमानस्थलमा राखिएको डिवाईसमा गरिने थम्बलाई कडाईका साथ कार्यान्वयनमा ल्याउने वा विमानस्थल पुग्नु अगावै श्रम निकाल्नु पुर्व म्यानपावरको छनौट प्रक्रियामा थम्ब रजिष्टर गर्ने र अभिमुखीकरण तालिममा आउँदा लट नम्बर मात्र हान्ने वित्तिकै नाम आउने बनाएर थम्ब मात्र गर्ने व्यवस्था गर्नुपर्छ।’

    हाल कुनै पनि व्यक्तिको औठा छापले पनि अभिमुखीकरण लिएको प्रमाणित हुने भएको हुँदा तालिम लिन सक्कल व्यक्ति नै बसिरहनु नपर्ने अवस्था छ। उपत्यकामा कडाई गर्दा उपत्यका वाहिर कडाई गर्दा उपत्यका बाहिर लिष्ट पठाएर नक्कली थम्ब प्रयोग गर्ने, उपत्यका बाहिर कडाई गर्दा उपत्यका भित्र गलत व्यक्तिको थम्बबाट काम गर्न सक्ने भएकोले प्रणालीमै सुधार आवश्यक रहेको महासंघ अध्यक्ष गौतमले बताए।

    हाल प्रशिक्षकको नाम मात्र पठाउने तर थम्ब पठाउने व्यवस्था नभएकोले प्रशिक्षक बिना समयमात्र कटाउने प्रवृति रहेकोले यसलाई रोक्न विभागमा आवद्ध भनि बुझाएको नियुक्ति पत्रको आधारमा एक कस्टर पठाउंदा कम्तिमा २ जना प्रशिक्षकको आगमन र प्रस्थान दुवै समयको थम्ब हाजिरी पठाउनु पर्ने व्यवस्था गर्न महानिर्देशक दहाललाई सुझाव सुझाव दिइएको गौतमले बताए।

    हाल Feims मा नाम दर्ता गर्ने गर्ने समय १२:१५–१३:१५ रहेकोले नयाँ कार्यविधि र पाठ्यक्रमले तोकिएको समय अनुसार तालिम हाजिरी समयावधिलाई बढाएर ०९:१५–१३:१५ बजे सम्म खुला गरिनुपर्ने सुझाव दिइएको गौतम बताउँछन्। महासंघले दिएको सुझाव कार्यान्वयन गरिए अहिले देखिएका समस्या समाधान हुने उनले बताए।

    सरकारले २०६० हालमा तोकेको सेवा शुल्क ७ सय लिन पाउने व्यवस्था अहिलेको सन्दर्भमा अव्यवहारिक भएकोले समयानुकुल परिमार्जन गर्न सकिए तालिमको गुणस्तरमा पनि सुधार ल्याउन सहयोग पुग्ने गौतमले बताए। तालिम प्रदायक संस्थालाई देशगत रुपमा तालिम दिने गरि विभाजन गर्न सकिए विदेश जाने श्रमिकले सहि सूचना पाउन सहज हुने महासंघले ठहर गरेको छ।

    के भन्छ विभाग ?
    विदेश जाने व्यक्तिको वायोमेट्रिक हाजिरी बिना नै विमानस्थलबाट प्रस्थान अनुमति दिनु बाध्यता भएको तर यसलाई सुधार गर्न विभागले छिट्टै सूचना जारी गर्ने विभागका महानिर्देशक कुमारप्रसाद दहाल बताउँछन्। हाल अभिमुखीकरण संस्थामा तालिम लिंदा आफ्नो वायोमेट्रिक हाजिर नगरेकाहरुको हाजिरी विमानस्थलमा थम्ब चेक गर्दा मिल्दैन महानिर्देशक दहालले भने ‘जसको वायोमेट्रिक हाजिरी मिल्दैन उनीहरुले प्रस्थान अनुमति पाएपनि उनीहरुले समस्या पर्दा पाउने बिमा वापतको रकम, कल्याणकारी कोषको रकम लिन समस्या हुन्छ तसर्थ जाने व्यक्ति स्वयम् सचेत हुनु जरुरी छ।’

    वायोमेट्रिक हाजिरी नमिलेका कारण विदेशबाट नै पुन श्रम स्वीकृति लिन समेत नमिल्ने भएकोले अभिमुखीकरण तालिम लिंदा नै सम्बन्धित व्यक्तिको वायोमेट्रिक हाजिरी अनिवार्य गर्नका लागि अनुगमनलाई पनि तीव्र पारिएको उनले बताएको जनसवालदैनिकमा मनोज पराजुलीले खबर लेखाएका छन।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal