इजरायलबाटै देव बास्कोटाले ल्याए छैटौं कोसेली “मझौ देवीथान” पुर्वेली लोकगीत (भिडियो सहित)

काठमाडौँ – धार्मिक तथा पर्यटकियस्थल प्रबर्द्धनको प्रचारप्रसार गर्ने उदेश्यले तेह्रथुम फेदाप-२ ओयाक्जुङ घर भई हाल इजरायलमा कार्यरत गीतकार तथा समाजसेवी देव बास्कोटाको छैठौं प्रस्तुति “मझौ देवीथान” सार्बजनिक भएको छ।
परदेशी भुमिमा रहेर पनि सामाजिक क्षेत्रमा अनुकरनिय रहेका बास्कोटाले आफ्नो गाउँबस्ती धार्मिक तथा पर्यटकिय स्थललाई बिश्व सामु चिनाउने उदेश्यका साथ उक्त गीत सार्बजनिक गरिएको उनले बताएका छन।
गीतमा चर्चित गायक अमृत खाती र गायिका लक्ष्मी गड्तौला (बास्कोटा)को स्वर रहेको छ भने, शब्द देव बास्कोटा तथा सङीत अमृत खातीको रहेको छ। गीतकार तथा समाजसेवी बास्कोटाका तेह्रथुम सिंहबाहिनी, कस्तो रहिछ जुनि, काडेतारको जाली, पिपल छेउमा बर, पोहोरको चोलीलगायतका गीतहरु सार्बजनिक भइसकेका छन।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

















