News Portal

हिमालय एयरलाइन्स पहिलो पटक मकाउ, मकाउबाट सातौं पटक नेपाली नागरिक स्वदेश फिर्ता हुदै

हिमालीसंचार संवाददाता
१३७४ पटक

मकाउ – कोरोना माहामारीको कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले स्वदेश फिर्ता हुने नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स उडान मार्फत पहिलो पटक मकाउ- काठमाण्डू सिधा उडान मार्फत नेपाल फर्किने भएका छन्।

मकाउ स्थित मेल्को इन्टरटेटमेन्ट कम्पनीबाट सयौको संख्यामा नेपाली श्रमिकहरुको भिसा नवीकरण नहुदा रोजगार गुमाएपछि उक्त कम्पनीले चाटर्स फ्याइट मार्फत नेपाली श्रमिकहरुलाई स्वदेश फर्काउन लागेको हो। हिमालय चार्टर उडानका सहजकर्ताको रुपमा नेपाल चेम्बर्स अफ कमर्स मकाउले सहजिकरण गरेको छ।

एच ९-८६६२ फ्याइट नम्बरको विमान मकाउबाट ४ बजे उडान भरेर स्थानीय समयनुसार ६:४५ बजे काठमाण्डू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डू अवतरण गर्ने हिमालय एयरलाइन्सले जनाएको छ। 

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष सुदर्शन थापा मगरका अनुसार मेल्को ग्रुपका नेपाली नागरिक सहित विगत लामो समयदेखि नेपाल फर्कन अप्ठ्यारोमा परेका नेपालीहरु, विरामी परेका ६ जना पुरुष साथै २ जना नवजात शिशु गरेर आगामी अप्रैल १ तारिख बिहिवार विहान ४ बजे मकाउको अन्तराष्ट्रिय विमानस्थलबाट १ सय ७२ जना नेपाली नागरिक स्वदेश नेपाल फर्कन लागेको अध्यक्ष थापा मगरले हिमालीसंचारसंगको कुराकानीमा बताएका हुन।

नेपाल छुट्टिमा गएका मकाउको स्थायी परिचयपत्र वाहक नेपालीहरु अझै मकाउ फर्कन सकिरहेका छैनन्। काठमाण्डौदेखि हिमालय एयरलाइन्सको विमान मकाउ खाली अवतरण गर्ने छ। एयरलाइन्सले मकाउबाट नेपाली नागरिकको उद्धार गरेर सिधा काठमाण्डू अवतरण गर्ने समेत नेपाल चेम्बर्स अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापा मगरले बताउदै मेल्को ग्रुपले गरेको चाटर्स फ्याईटको सहजिकरण गरेको समेत अध्यक्ष थापा मगरले स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...