News Portal

हिमालय एयरलाइन्स पहिलो पटक मकाउ, मकाउबाट सातौं पटक नेपाली नागरिक स्वदेश फिर्ता हुदै

हिमालीसंचार संवाददाता
१३३८ पटक

मकाउ – कोरोना माहामारीको कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले स्वदेश फिर्ता हुने नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स उडान मार्फत पहिलो पटक मकाउ- काठमाण्डू सिधा उडान मार्फत नेपाल फर्किने भएका छन्।

मकाउ स्थित मेल्को इन्टरटेटमेन्ट कम्पनीबाट सयौको संख्यामा नेपाली श्रमिकहरुको भिसा नवीकरण नहुदा रोजगार गुमाएपछि उक्त कम्पनीले चाटर्स फ्याइट मार्फत नेपाली श्रमिकहरुलाई स्वदेश फर्काउन लागेको हो। हिमालय चार्टर उडानका सहजकर्ताको रुपमा नेपाल चेम्बर्स अफ कमर्स मकाउले सहजिकरण गरेको छ।

एच ९-८६६२ फ्याइट नम्बरको विमान मकाउबाट ४ बजे उडान भरेर स्थानीय समयनुसार ६:४५ बजे काठमाण्डू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डू अवतरण गर्ने हिमालय एयरलाइन्सले जनाएको छ। 

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष सुदर्शन थापा मगरका अनुसार मेल्को ग्रुपका नेपाली नागरिक सहित विगत लामो समयदेखि नेपाल फर्कन अप्ठ्यारोमा परेका नेपालीहरु, विरामी परेका ६ जना पुरुष साथै २ जना नवजात शिशु गरेर आगामी अप्रैल १ तारिख बिहिवार विहान ४ बजे मकाउको अन्तराष्ट्रिय विमानस्थलबाट १ सय ७२ जना नेपाली नागरिक स्वदेश नेपाल फर्कन लागेको अध्यक्ष थापा मगरले हिमालीसंचारसंगको कुराकानीमा बताएका हुन।

नेपाल छुट्टिमा गएका मकाउको स्थायी परिचयपत्र वाहक नेपालीहरु अझै मकाउ फर्कन सकिरहेका छैनन्। काठमाण्डौदेखि हिमालय एयरलाइन्सको विमान मकाउ खाली अवतरण गर्ने छ। एयरलाइन्सले मकाउबाट नेपाली नागरिकको उद्धार गरेर सिधा काठमाण्डू अवतरण गर्ने समेत नेपाल चेम्बर्स अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापा मगरले बताउदै मेल्को ग्रुपले गरेको चाटर्स फ्याईटको सहजिकरण गरेको समेत अध्यक्ष थापा मगरले स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...