आज : २०२६-०६-०७, आइतबार

मोरङको टाईम्स अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य सिविर

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क शिविर सम्पन्न गरेको छ। रतुवामाई नगरपालिका ३ स्थित पिडारीमा रहेको भानु प्राथमिक विधालयमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

शिविरमा वल्डङ्गा, महादेवा, र सिमावर्ति क्षेत्रमा रहेका   बालबालिका, बृद्ध, बृद्धाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।   अहिले गर्मी महिना शुरु भएको हुनाले स-साना बालबालिकाहरुलाई ज्वर, रुघाखोकी, स्वासप्रस्वास तथा बृद्धहरुमा हात खुट्टाका जोर्नीहरुमा समस्या देखा परेको थियो।  

सोही क्रममा अस्पतालले स्थानीयहरुको सुगरको समेत निशुल्क परिक्षण गरेको थियो । शिविरमा २ सय जना बिरामीहरुले चेकजाँच गरेका छिए।  शिविरमा डाक्टर प्रेम निरौला, डाक्टर अशेक ठाकुर, डाक्टर कृतिका श्रेष्ठ,  डाक्टर मदन कुमार,  डाक्टर   स्वेता सुब्बा लगायतका डाक्टरहरुले दाँत, नाक तथा महिलाहरको  पाठेघर सम्धधित चेक जाँच गरेका थिए।  

अस्पतालले बिरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरेको टाईम्स अस्पतालका मेनेजमेन्ट प्रमुख पारस मंन्डलले बताए । वडाअध्यक्ष बुलन्द प्रसाद सिहंले भने कोरोनाको पुनः महामारी  सुरु भएता पनि यसरी गाउँ आएर स्वास्थ्य शिविर गरेकोमा यस भेगमा स्थानीयले निशुलक उपचार गरिएकोमा आफूहरु असाध्यै लाभान्वित भएको उनले बताए ।