News Portal

मोरङको टाईम्स अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य सिविर

हिमालीसंचार संवाददाता
३१४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क शिविर सम्पन्न गरेको छ। रतुवामाई नगरपालिका ३ स्थित पिडारीमा रहेको भानु प्राथमिक विधालयमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

शिविरमा वल्डङ्गा, महादेवा, र सिमावर्ति क्षेत्रमा रहेका   बालबालिका, बृद्ध, बृद्धाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।   अहिले गर्मी महिना शुरु भएको हुनाले स-साना बालबालिकाहरुलाई ज्वर, रुघाखोकी, स्वासप्रस्वास तथा बृद्धहरुमा हात खुट्टाका जोर्नीहरुमा समस्या देखा परेको थियो।  

सोही क्रममा अस्पतालले स्थानीयहरुको सुगरको समेत निशुल्क परिक्षण गरेको थियो । शिविरमा २ सय जना बिरामीहरुले चेकजाँच गरेका छिए।  शिविरमा डाक्टर प्रेम निरौला, डाक्टर अशेक ठाकुर, डाक्टर कृतिका श्रेष्ठ,  डाक्टर मदन कुमार,  डाक्टर   स्वेता सुब्बा लगायतका डाक्टरहरुले दाँत, नाक तथा महिलाहरको  पाठेघर सम्धधित चेक जाँच गरेका थिए।  

अस्पतालले बिरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरेको टाईम्स अस्पतालका मेनेजमेन्ट प्रमुख पारस मंन्डलले बताए । वडाअध्यक्ष बुलन्द प्रसाद सिहंले भने कोरोनाको पुनः महामारी  सुरु भएता पनि यसरी गाउँ आएर स्वास्थ्य शिविर गरेकोमा यस भेगमा स्थानीयले निशुलक उपचार गरिएकोमा आफूहरु असाध्यै लाभान्वित भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...