News Portal

  • गणतन्त्र र समावेशिता विरोधी ओलीसँग सहकार्य हुँदैन : उपेन्द्र यादव

    हिमालीसंचार संवाददाता
    ३४४ पटक

    काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ओली सरकारसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने जनाएका छन्। शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी भएकाले सहकार्य नहुने बताएका छन्।

    यादवले भने, ‘ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी भएकाले जसपा सहकार्य गर्न तयार छैन।’ त्यस्तै, उनले टीकापुर घटनाका दोषी निलम्बित सांसद रेशम चौधरीसहितका कैदीबन्दीको रिहाइका लागि सरकारसँग वार्ता भइरहेको जनाउँदै भने ‘राजबन्दीको रिहाइ र मुद्दा फिर्ता एउटा पाटो हो, सरकारमा सहकार्य अर्को पाटो हो।

    उनले वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताए। ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,’ यादवले भने, ‘अहिले सबैले कांग्रेसतिर हेरिरहेका छन्, त्यसमा पनि पार्टी सभापति देउवातिर।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...

    विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै

    काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री...

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...