News Portal

  • नौ जिल्लाले अझै पठाएन कांग्रेसको क्रियाशील सदस्यताको विवरण

    हिमालीसंचार संवाददाता
    २८२ पटक

    काठमाडौं – नेपाली कांग्रेसमा हालसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको छ। क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सोमबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई यसबारे ब्रिफिङ गरेका हुन्।

    संयोजक लेखकका अनुसार हालसम्म २ लाख १२ हजार ५ सय १९ जनाको क्रियाशील सदस्यता नवीकरण भएको छ भने, १ लाख ८० हजार २ सय ७५ नयाँ वितरण भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रले नयाँ वितरण तथा जिल्ला कार्यसमितिले सदस्यता नवीकरणको तथ्यांक केन्द्रमा पठाउने जिम्मेवारी पाएको छ। तर हालसम्म २ सय ७ ठाउँबाट तथ्यांक इन्ट्री भएको र ६९ ठाउँबाट सुरु नै नभएको लेखकले बताए।

    उनका अनुसार बारा, सिराहा, सप्तरी, धनुषा, बाँके, बर्दिया, रुकुम पूर्व, डोल्पा र रसुवाबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा आएको छैन। जबकी महाधिवेशन कार्यतालिका अनुसार एक निर्वाचन क्षेत्र भएका जिल्लाहरुले क्रियाशील सदस्यता वितरण तथा नविकरणको सबै तथ्यांक चैत १० भित्र सबै केन्द्रमा पठाइसक्नुपर्ने थियो।

    समयमै यो काम नगर्ने जिल्लालाई महाधिवेशनमा भाग लिनबाट रोक्ने केन्द्रीय कार्यसमितिको यसअघिको निर्णय छ। लेखकका अनुसार अहिले यो निर्णय लिइहाल्ने अवस्था छैन। ‘समस्याहरुबारे बताएको छु, उहाँहरुले छलफल गरेपछि एउटा टुंगोमा पुग्छौं’ संयोजक लेखकले भनेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...