News Portal

पोखरा विमानस्थलका लागि रिठ्ठेपानी डाँडा कटानको लागि अनुमति दियो

हिमालीसंचार संवाददाता
३९० पटक

काठमाडौं – पोखरा विमानस्थलमा अवतरण गर्न जहाजहरुको सुरक्षाका लागि धावनमार्गको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाको कटान गर्नुपर्ने भएपछि सो डाँडामा रहेका रुख कटानको आदेश नआउँदा काम रोकिएको थियो । मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा क्षेत्रीय विमानस्थलको रनवे स्ट्रिपको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाका रुख तथा पोल कटान गर्न अनुमति दिने निर्णय गरेको छ।

नेपाल सरकारको प्रवक्ता पार्वत गुरुङले आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारको २० फागुनको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो डाँडामा ररेका १ सयदेखि डेढ सय रुख काट्नु पर्ने अनुमान गरिएको थियो। 

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘रुख धेरै छैनन्, अनुमति आएसँगै अब कामले गति लिन्छ ।’ यो विमानस्थलबाट उडान तथा अवतरणका लागि ठूला जहाजले धावनमार्गको दुवै साइड प्रयोग गर्न सक्ने छैनन् । जहाज उड्ने र अवतरण गर्ने दिशामै पर्ने यो डाँडो कटान गर्नुपर्ने भएको हो। 

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...