News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • विदेशीकै भरमा केपी ओली संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन लागि परे – अध्यक्ष प्रचण्ड

    हिमालीसंचार संवाददाता
    ३३५ पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशीकै भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन लागि परेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्र विरोधी धारले संविधान निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेको जनाएका छन्।

    ‘हिजोका गणतन्त्र विरोधीको एउटा धार बनेको छ, उनीहरुले संविधान निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्’ प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता र समावेशिता सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादी, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, २० र २५ वर्षदेखि विदेशीबाट पालित पोषित सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्रका रुपमा ओली अगाडि आएका छन्।’

    त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न ओलीलाई विदेशीले हुर्काएको दावी गर्दै उनले भने ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न केपी ओलीलाई विदेशीले साथ दिएका छन्, केपीलाई विदेशीले हुर्काएका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त केपी ओलीबाटै हुन्छ भनेर उनैलाई हुर्काइएको छ।

    प्रतिकृया दिनुहोस्

    घाइते अवस्थामा समेत शिक्षकहरू सडकमा : महासङ्घले आन्दोलन थप चर्काउने

    काठमाडौं, वैशाख १५ — विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने माग गर्दै देशभरका शिक्षक र विद्यालय...

    एनआरएनए अभियन्ता महेश श्रेष्ठको आह्वान : एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरौँ

    काठमाडौँ, वैशाख १५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता महेश कुमार श्रेष्ठले संघको यही...

    रंगेलीमा आगलागी हुँदा ६ लाख बराबरको क्षति

    मोरङ, वैशाख १५ – रंगेली-८ दर्वेशामा रहेको विनोद पासवान र अमोद पासवानको घरमा गएराति ११:३०...

    काठमाडौंमा आन्दोलन चर्कियो, शिक्षक महासंघको सबैलाई एकजुट हुन आह्वान

    काठमाडौं, वैशाख १५ — आइतबार बानेश्वरमा भएको घटनापछि नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै...

    नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

    काठमाडौँ, वैशाख १५ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा कमी आएको छ। नेपाल...