News Portal

विदेशीकै भरमा केपी ओली संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन लागि परे – अध्यक्ष प्रचण्ड

हिमालीसंचार संवाददाता
४५९ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशीकै भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन लागि परेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्र विरोधी धारले संविधान निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेको जनाएका छन्।

‘हिजोका गणतन्त्र विरोधीको एउटा धार बनेको छ, उनीहरुले संविधान निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्’ प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता र समावेशिता सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादी, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, २० र २५ वर्षदेखि विदेशीबाट पालित पोषित सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्रका रुपमा ओली अगाडि आएका छन्।’

त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न ओलीलाई विदेशीले हुर्काएको दावी गर्दै उनले भने ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न केपी ओलीलाई विदेशीले साथ दिएका छन्, केपीलाई विदेशीले हुर्काएका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त केपी ओलीबाटै हुन्छ भनेर उनैलाई हुर्काइएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...