News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रधानमन्त्री केपी ओलीले खुवालुङमा क्रेन लगाउने उत्धोष गरेका खुवालुङ हेर्न अझै मुख्यमन्त्री राई पुगेका छैनन्

    हिमालीसंचार संवाददाता
    ४३१ पटक

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित आमसभामा सप्तकोशीमा रहेको खुवालुङ (ढुंगो) फुटाउने योजना नागरिक प्रतिरोधको बलमा तत्काललाई रोकिएको छ।

    सरकारले खुवालुङबारे जस्तो विकल्पहरू सोच्दैछ, त्यो जस्ताको तस्तै कार्यान्वयन भए किराती इतिहासको अलिखित अभिलेख र आस्थाको केन्द्र मानिने खुवालुङ ढुंगो पुरानै स्वरुपमा नरहने खतरा अझै बढेको छ। रेल र पानीजहाजकाबारे लगातार पैरवी गर्दै आएको सरकारले जसरी पनि ‘ढुंगोको बाधा’ हटाउने अड्डी लिइरहेको छ। त्यसका लागि प्रदेश सरकारले बजेट नै विनियोजन गरिसकेको छ। 

    किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति नेपालका पूर्वअध्यक्ष डा. सुमाया राईले “बरू एघार दिन लगाएर भोजपुर पुगौला तर एघार मिनटका लागि एघार हजार भन्दा पुरानो हाम्रो आस्था र सांस्कृतिक धरोहरलाई नामेट गर्न कदापि दिइने छैन ।” भनेर  खुवालुङको महत्वमाथि प्रस्ट पार्नु भएको थियो। त्यसपछि “अपील खुवालुङको…!” कविता मार्फत अझ खुवालुङके संरक्षण गर्नु पर्ने जोड दिनु भएको छ। देशव्यापी रूपमा सरकारी तयारीको प्रतिरोध भएपछि तत्काललाई खुवालुङ फुटाउन अघि बढ्ने सरकारी कदम रोकिएको मात्रै हो, सरकार पछि हटेको होइन।

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ संरक्षणबारे सरकार गम्भीर रहेको दाबी गर्छन्। प्रधानमन्त्रीका योजनाको चौतर्फी विरोध भएपछि ढुंगो तत्काल नफुटाउन निर्देशन दिएका मुख्यमन्त्री राई खुवालुङबारे उत्पन्न विवाद साम्य पार्न सरकारले तीन वटा विकल्पमा छलफल अघि बढाउने तयारी गरेको बताउँछन्।

    मुख्यमन्त्री राईका अनुसार तीन विकल्पमध्ये दुई वटा उपायले उनको दाबीलाई समर्थन गर्दैन। ‘हामी यसबारे दुई तीन वटा विकल्पमा छलफल गरिरहेका छौं’, मुख्यमन्त्री राईले भने, ‘पहिलो, त्यो ढुंगालाई क्रेनले सारेर, जस्ताको तस्तै उठाएर अन्यत्र राख्ने, दोस्रो ढुंगाको खास भागलाई अर्को ठाउँमा सार्ने र त्यो क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने।’

    मुख्यमन्त्री राईले भनेको तेस्रो विकल्प हो नदीको वहावलाई नै परिवर्तन गर्ने। ‘काठमाडौंमा रहेका मुख्यमन्त्री राईले भने, बैठकको व्यस्तता धेरै छ । ‘म विराटनगर फर्केपछि सम्पदाविज्ञ, संरक्षणकर्मी र स्थानीयवासीसँग यी तीन विकल्पबारे छलफल अघि बढाउनेछु।’ मुख्यमन्त्री राईले १५ दिनभित्र विज्ञसहितको टोली लिएर अरूण र तमोर मिसिएर सप्तकोशी बन्ने त्रिवेणीमा आफैं पुग्ने योजना रहेको बताए। 

    अस्वीकार्य सरकारी विकल्प!

    मुख्यमन्त्री राईले भनेका तीनमध्ये पहिलो दुई विकल्पले खुवालुङको सौन्दर्य र अर्थमा प्रहार गर्ने अनुसन्धाता एवम् लेखक भोगिराज चाम्लिङ बताउँछन्। भइरहेको ठाउँबाट अन्यत्र सार्ने अथवा फुटाएर त्यसको खास भागलाई अर्कै ठाउँ लगेर स्थापित गर्न खोज्दा त्यो किरात समुदायका लागि अस्वीकार्य हुने उनको भनाइ छ। ‘खुवालुङ जुन ठाउँमा जस्तो अवस्थामा छ, त्यसको अर्थ र सौन्दर्य त्यहीँ मात्रै झल्कन्छ’, चाम्लिङले भने, ‘यदि सरकार यतातर्फ अघि बढ्छ भने समुदायका लागि स्वीकार्य नहुने कुरा आइसकेको छ।’ मुख्यमन्त्री राईले भनेजस्तो तेस्रो विकल्प अर्थात नदीको वहाव परिवर्तन सबैभन्दा उत्तम हुने चाम्लिङको भनाइ छ।

    खुवालुङ संरक्षणबारे मुख्य रूपमा अभियानमै रहेका भाषाशास्त्री डा. तारामणि राई पनि चाम्लिङको कुरासँग सहमत छन्। ‘सरकारले जे विकल्प अघि सारे पनि उसले ढुंगो फुटाउन बजेट नै छुट्याइसकेको छ’, डा. राई भन्छन् ‘तर, त्यसमध्ये सबैभन्दा उपयुक्त विकल्प भनेको नदीको वहाव परिवर्तन नै हो। त्यो असम्भव योजना होइन।’

    जलस्रोत विज्ञ अजय दिक्षितले भने ढुंगा फुटाउने र नदीको वहाव परिवर्तन गर्नेभन्दा यथास्थितिकै अवस्था रहन दिनु राम्रो हुने बताउँछन्। ‘जहाज नै चलाउने हो भने ढुंगाको दायाँबायाँतिरबाट चलाउन सकिन्छ’, दिक्षितले भने ‘सप्तकोशी धेरै ठूलो नदी हो वहाव परिवर्तन गाह्रो हुनसक्छ।’ उनले नदीबीचमा रहेको ढुंगो फुटाउने काम प्राकृतिक र साँस्कृतिक दुवै दृष्टिले गलत हुने उल्लेख गरे। 

    प्रदेश १ का तीन जिल्ला भोजपुर, उदयपुर र धनकुटाको संगमस्थल रहेको त्रिवेणीमा रहेको यो “ढुंगो” खुवालुङ केही समययता सरकारी तारोमा परेको छ। सप्तकोशीमा चल्ने स्टिमरका लागि बाधक रहेको भन्दै प्रधानमन्त्री ओलीले ‘क्रेन लगाएर फुटाउने तयारी गरेका थिए।’ गत फागुन ८ गते आयोजित आमसभामा उनले यस्तो अभिव्यक्ति दिएपछि सम्पदा संरक्षणमा जुटेकाहरू, किराती समुदायका अध्येताहरू र स्थानीयबासीले पनि विरोध गरेका थिए।

    खुवालुङ संरक्षण समिति बनाएर किरात समुदायका स्थानीयबासीले  खुवालुङ क्षेत्रमा आन्दोलन अघि बढाएका छन्। प्रतिगमनविरुद्ध वृहत नागरिक आन्दोलन, लेखक, संरक्षणकर्मी, सम्पदाविद्हरुले खुवालुङ ढुंगोलाई तारो बनाउने सरकारी कदमविरुद्ध निरन्तर विरोध गरिरहेका छन्। संरक्षण समितिले प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन बुझाएर नफुटाउन माग गरिसकेको छ। संरक्षण समितिका पदाधिकारीसँगको भेटमा मुख्यमन्त्री शेरधन राईले आफू विज्ञसहितको टोली लिएर छिट्टै खुवालुङ क्षेत्र आउने बताएको समितिका सदस्य शालिक सतासकले बताए। तर, मुख्यमन्त्री राई अझै खुवालुङ पुगेका छैनन्। तर राईले १५ दिनभित्र पुग्ने प्रतिबद्धता जनाएका छन् ।

    खुवालुङ के हो? 

    किरात राई भाषामा ‘खुवा’ भनेको पानी हो भने ‘लुङ’ भनेको ढुंगा। कोशीको बीचमा भएको यो ढुंगालाई सोहीकारण खुवालुङ भनिएको हो। यसलाई पानीढुंगो पनि भन्ने गरिएको छ ।

    अनुसन्धाता एवम् लेखक भोगिराज चाम्लिङका अनुसार मुन्धुमी लोककथाअनुसार किरातीका पुर्खा खुवालुङ क्षेत्रबाट बाँडिएका हुन्। ‘उहिले किराती पुर्खाले पार गर्ने बेला खुवालुङ बन्द थियो। पहिलो समूहले खुवालुङ खुलाउन जुरेली चराको भोग दियो। चराको रगत परेपछि खुवालुङ खुल्यो र पहिलो समूहले नदी पार गर्‍यो’, खुवालुङको ऐतिहासिक सन्दर्भ उप्काउँदै चाम्लिङ थप्छन् ‘त्यसपछि दोस्रो समूह आइपुग्यो र आफ्नै चेलीको औंला थोरै चोट पारेर खुवालुङलाई रगत पारिदियो। खुवालुङ खुल्यो। उनीहरू पनि कोशी नदी तरेर पहाडतर्फ उक्लिए।’ एवम् रितले किराती पुर्खाका थुप्रै समूहले पटकपटक खुवालुङ पार गरेको र खुवालुङ पार गरेपछि किरातीहरू आआफ्नो बाटो लागेको चाम्लिङ बताउँछन्। सप्तकोशीका विभिन्न धार समातेर हिँड्नेहरु प्रकारान्तरले किरात समुदायका विभिन्न हाँगामा बाँडिएको उनी बताउँछन् । उनका अनुसार जसले तमोर पछ्यायो, उनीहरू अहिले लिम्बू भनेर चिनिन्छन्।

    अरूण नदीको धार पहिल्याउँदै अघि बढ्नेहरु याम्फू, लोहरूङ, मेवाहाङ राई भनेर चिनिए। जुन समूहले दूधकोसी पछ्यायो, उनीहरू तिलुङ, चाम्लिङ, वाम्बुले, जेरोङ, बाहिङ/बायुङ, बान्तावा, साम्पाङ, दुमी, कोयी/कोयु, कुलुङ, खालिङ, नाछिरिङ, थुलुङ राई भनेर चिनिएको र  सुनकोसी पछ्याउनेहरु कोँइच (सुनुवार), जिरेल, सुरेल, हायु, थामी भनेर चिनिएको उनी बताउँछन्। त्यस्तै खुवालुङ तर्न नसकेकाहरु तराईमा बस्नेहरु थारू, धिमाल, मेचे, कोचे बनेर चिनिए ।

    ‘मुन्धुमी मिथकले खुवालुङलाई किरातीहरूको साझा थलोका रूपमा व्याख्या गरेको छ’, चाम्लिङ भन्छन्, ‘मुन्धुमअनुसार खुवालुङभन्दा मुनि दक्षिणतिरको भूभाग थारू, धिमाल, मेचे, कोचेहरूको हो, उत्तरतर्फको भूभाग किरातीहरूको । त्यसैले खुवालुङ एउटा सांस्कृतिक सिमाना पनि हो।’

    खसवालुङ किरात नछुङ (धामी) हरूले धेरै संस्कार गर्ने क्रममा पुकार्ने थलो पनि हो । ‘सांस्कृतिक यात्राको थालनी नियामा भन्ने आदिम थलोबाट सुरु भएर पैतिप, जोजिला, खैबर, जम्मु, योँला, थारू-बाजी-साप्ते, वराहा-चतरा हुँदै खुवालुङ आइपुग्छ ’, चाम्लिङ थप्छन्, ‘अर्को भाषामा भन्दा किरातीहरूको आदिम बसाइँसराइको वर्णनका क्रममा उल्लेख हुने एउटा महत्वपूर्ण थलो पनि हो खुवालुङ।’ त्यसैले किरात समुदाय हरेक व्यक्ति खुवालुङ पुगेका छन्। 

    प्रतिकृया दिनुहोस्

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...