News Portal

  • बालुवाटार हिँडेका खनाल-नेपाल पक्षका सांसद लितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामा पुगे

    हिमालीसंचार संवाददाता
    ३५३ पटक

    काठमाडौ – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको संसदीय दलको बैठकमा भाग लिन जाँदै गरेका नेता खनाल र नेपाल पक्षका सांसद बाटोबाटै फर्केर राष्ट्रिय भेलामा उपस्थित भएका छन्।

    प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको थियो। उक्त बैठकमा भाग लिन हिडेका सांसद बाटोबाटै फर्केर खनाल-नेपालले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामै उपस्थित भएका हुन्।

    एक सांसदले दिएको जानकारीअनुसार ध्रुब शाही, गणेश पहाडी, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठलगायत सांसद ओलीले बोलाएको संसदीय दलको बैठकका लागि जाँदै थिए, उनीहरू बाटोबाटै फर्किर राष्ट्रिय भेलामा गएका हुन्। 

    आज खनाल-नेपाल पक्षका सांसदहरूले राष्ट्रीय भेला होटल हेरिटेज गार्डेनमा बेग्लै भेला गरेका थिए। त्यहाँ केही सांसदहरूले ओलीले बोलाएको भेलामा जानुपर्ने बताएका भए पनी उनीहरु आज राष्ट्रीय भेला सानेपा पुगेका हुन्। तर आज राष्ट्रिय भेला पनि भएकोले संसदीय दलको बैठकमा नजाने निर्णय भएको छ।

    ‘आज प्रधानमंत्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने र अर्कोपटकदेखि जाने कुरा भएको छ। त्यही भएर बालुवाटार हिँड्नुभएका केही साथीहरू सिंहदरबारतिरबाटै फर्कनुभयो,’ एक सांसदले भने। नेता खनाल-नेपाल पक्षले सानेपामा राष्ट्रिय भेला हुने निश्चित भएपछि उक्त कार्यक्रम भएको हो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...