News Portal

बालुवाटार हिँडेका खनाल-नेपाल पक्षका सांसद लितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामा पुगे

हिमालीसंचार संवाददाता
४२२ पटक

काठमाडौ – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको संसदीय दलको बैठकमा भाग लिन जाँदै गरेका नेता खनाल र नेपाल पक्षका सांसद बाटोबाटै फर्केर राष्ट्रिय भेलामा उपस्थित भएका छन्।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको थियो। उक्त बैठकमा भाग लिन हिडेका सांसद बाटोबाटै फर्केर खनाल-नेपालले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामै उपस्थित भएका हुन्।

एक सांसदले दिएको जानकारीअनुसार ध्रुब शाही, गणेश पहाडी, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठलगायत सांसद ओलीले बोलाएको संसदीय दलको बैठकका लागि जाँदै थिए, उनीहरू बाटोबाटै फर्किर राष्ट्रिय भेलामा गएका हुन्। 

आज खनाल-नेपाल पक्षका सांसदहरूले राष्ट्रीय भेला होटल हेरिटेज गार्डेनमा बेग्लै भेला गरेका थिए। त्यहाँ केही सांसदहरूले ओलीले बोलाएको भेलामा जानुपर्ने बताएका भए पनी उनीहरु आज राष्ट्रीय भेला सानेपा पुगेका हुन्। तर आज राष्ट्रिय भेला पनि भएकोले संसदीय दलको बैठकमा नजाने निर्णय भएको छ।

‘आज प्रधानमंत्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने र अर्कोपटकदेखि जाने कुरा भएको छ। त्यही भएर बालुवाटार हिँड्नुभएका केही साथीहरू सिंहदरबारतिरबाटै फर्कनुभयो,’ एक सांसदले भने। नेता खनाल-नेपाल पक्षले सानेपामा राष्ट्रिय भेला हुने निश्चित भएपछि उक्त कार्यक्रम भएको हो। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...