News Portal

आमाको स्मृतिमा डा. योगेन्द्रबहादुरद्वारा विधार्थीलाई छात्रवृत्ति (फोटो फिचर)

हिमालीसंचार संवाददाता
३९३ पटक

उर्लाबारी/तेजन खड्का – मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको बहुउद्देश्यीय शभाहलको भवन बुधबार शिलान्यास गरिएको छ । नगर प्रमुख खड्ग फागोले एक कार्यक्रमवीच शभाहल शिलान्यास गरेका हुन् ।

नेपाल सरकारको २० लाख रुपैयाँ अनुदानमा उक्त भवन निर्माण गरिने विद्यालयका प्रधानध्यापक सुर्यमान सिरेङले जानकारी दिए । यस विद्यालयलाई सरकारले नमुना घोषणा गरे बमोजिम उक्त सभाहल निर्माणका अनुदान दिएको उनले बताए । 

सोही अवसरमा कक्षा–१२ मा अध्ययनरत छात्रा गरिमा ढुंगाना र कक्षा–९ मा अध्ययनरत चम्पा खनाललाई ‘पम्फादेवी स्मृति छात्रावृत्ती पुरस्कार’ प्रदान गरिएको छ । डाक्टर योगेन्द्र बहादुर गुरुङले आफ्नो आमा पम्फादेबि गुरुङको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन ।

माविस्तरमा उच्चतम अंक ल्याएवापत ढुंगाना र आधारभुत तहमा उच्चतम अंक ल्याएवापत खनाललाई पुरस्कार प्रदान गरिएको हो । ढुंगानालाई नगद १५ हजार तथा खनाललाई १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी रूपेश खतिवडाले स्थापना गरेको छात्रवृत्ति पुरस्कार विभिन्न कक्षाका १० जना बालबालिकालाई प्रदान गरिएको छ । कक्षा–१ देखि १० सम्म अध्ययनरत छात्रछात्राहरुलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । पूर्व विद्यार्थी खतिवडाले गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई विगत तीन वर्षदेखि पुरस्कृत गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...