News Portal

नेपाल–खनाल पक्षको आज राष्ट्रिय कार्यकर्ता भेला

हिमालीसंचार संवाददाता
३९० पटक

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि हुँदै छ। भेला ललितपुरको हेरिटेज गार्डेनमा हुने छ। देशभरबाट नेता कार्यकर्ता राजधानीमा आइसकेका छन्।

आज र भोलि काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल पक्षको तयारी रहेको छ। पार्टीलाई सुदृड, एकताबद्ध, क्रियाशील र विधिसम्मत रूपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न भेला आयोजना गरेको सो पक्षले जनाएको छ।

भेलालाई नेताद्वय नेपाल र खनालसहितका नेताहरूले सम्बोधन गर्ने भएका छन्। अध्यक्ष ओली पक्षले प्रदेश इन्चार्ज हेरफेर गरेलगत्तै नेपाल पक्षले पनि कार्यकर्ता भेलाका लागि भन्दै प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको थियो।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...