News Portal

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको सचिवमा श्रद्धा अधिकारीकाे उम्मेद्वारी

हिमालीसंचार संवाददाता
५३७ पटक

अमेरिका – गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनका लागि सचिव (महिला) पदमा श्रद्धा अधिकारीले आफ्नो उमेद्वारी घोषणा गरेकी छन्। लामो समयदेखी अमेरिकाको टेक्ससलाई कर्मक्षेत्र बनाएकी अधिकारीले महिला हितका केही प्रतिवद्धता सहित नयाँ कार्यसमिती निर्वाचन (२०२१-०२३) का लागि आफ्नो उमेद्वारी घोषणा गरेकी हुन्।

सामाजिक सञ्जाल मार्फत आफ्नो उमेद्वारी सार्वजनिक गरेकी अधिकारी ब्यक्तीगत र सामाजिक रुपमा महिला हितका पक्षमा आवाज उठाउँदै आएकी ब्यक्ती हुन्। उनले सार्वजनिक गरेको उमेद्वारीमा आफ्नो एनआरएनएसंगको आवद्धता र सामाजिक गतिविधीका बारेमा स्मरण गराउँदै अझ धेरै आफुलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरी प्रवासी नेपालीका विविध विषयहरुलाई सम्बोधन गर्नका निम्ती प्रतिवद्धता पनि ब्यक्त गरेकी छन्।

अमेरिकाको टेक्सासमा ब्यबसाय गरिरहेकी अधिकारी बिभिन्न सामाजिक संघ सस्थामा आबद्ध रही सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय छिन। नेपाली समाज टेक्सासले संचालन गर्दै आएको नेपाली पाठशालाकि गुरुआमा डालस आसपासमा हुने प्राय सबै जसो कार्क्रममा उपस्थिति जनाई स्वोयमसेबकका रुपमा सहयोग गर्दै आएकी छिन।

महिलाका मानसिक तथा बिबिध समस्या समाधानका लागि सशक्तीकरण र प्रेरणदायि वातावरण सृजनामा सधैं सक्रिय रहँदै आएकाले पनि उनको उमेद्वारीप्रति सकारात्मक प्रतिकृया आईरहेका छन् र महिला सशक्तिकरणका लागि उत्प्रेरणा जगाउन उनि आफैं यस्ता कार्यक्रममा सहभागी हुने गरेको पाईन्छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...