News Portal

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको सचिवमा श्रद्धा अधिकारीकाे उम्मेद्वारी

हिमालीसंचार संवाददाता
४७९ पटक

अमेरिका – गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनका लागि सचिव (महिला) पदमा श्रद्धा अधिकारीले आफ्नो उमेद्वारी घोषणा गरेकी छन्। लामो समयदेखी अमेरिकाको टेक्ससलाई कर्मक्षेत्र बनाएकी अधिकारीले महिला हितका केही प्रतिवद्धता सहित नयाँ कार्यसमिती निर्वाचन (२०२१-०२३) का लागि आफ्नो उमेद्वारी घोषणा गरेकी हुन्।

सामाजिक सञ्जाल मार्फत आफ्नो उमेद्वारी सार्वजनिक गरेकी अधिकारी ब्यक्तीगत र सामाजिक रुपमा महिला हितका पक्षमा आवाज उठाउँदै आएकी ब्यक्ती हुन्। उनले सार्वजनिक गरेको उमेद्वारीमा आफ्नो एनआरएनएसंगको आवद्धता र सामाजिक गतिविधीका बारेमा स्मरण गराउँदै अझ धेरै आफुलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरी प्रवासी नेपालीका विविध विषयहरुलाई सम्बोधन गर्नका निम्ती प्रतिवद्धता पनि ब्यक्त गरेकी छन्।

अमेरिकाको टेक्सासमा ब्यबसाय गरिरहेकी अधिकारी बिभिन्न सामाजिक संघ सस्थामा आबद्ध रही सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय छिन। नेपाली समाज टेक्सासले संचालन गर्दै आएको नेपाली पाठशालाकि गुरुआमा डालस आसपासमा हुने प्राय सबै जसो कार्क्रममा उपस्थिति जनाई स्वोयमसेबकका रुपमा सहयोग गर्दै आएकी छिन।

महिलाका मानसिक तथा बिबिध समस्या समाधानका लागि सशक्तीकरण र प्रेरणदायि वातावरण सृजनामा सधैं सक्रिय रहँदै आएकाले पनि उनको उमेद्वारीप्रति सकारात्मक प्रतिकृया आईरहेका छन् र महिला सशक्तिकरणका लागि उत्प्रेरणा जगाउन उनि आफैं यस्ता कार्यक्रममा सहभागी हुने गरेको पाईन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...