News Portal

पेरिसडाँडामा माओवादीको बैठक जारी, बैठकमा ६ एजेण्डा पेश

हिमालीसंचार संवाददाता
४०७ पटक

काठमाडौ – पेरिसडाँडामा नेकपा माओवादीको केन्द्रीय समितिको बैठक जारी रहेको छ। जारी बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् । जसमध्ये सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा रहेको स्रोतले जनाएको छ । 

जारी बैठकमा विविधमा पार्टीको नाम परिवर्तन र कम्युनिस्ट पार्टीहरुबीचको एकताबारे छलफल गर्ने एजेण्डा समेत तय भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक धटनाक्रम विषयमा छलफल गर्दै आगामी रणनीति तय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

नेपालको विकशित पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नयाँ सरकार गठन, ओलीको बर्हिगमन, त्यसका लागि दलहरुबीच भइरहेको वार्ता र समीकरणका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा ब्रिफिङ गर्ने नेताहरुको भनाई रहेको छ। 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...