News Portal

  • किरात राई यायोक्खाले खुवालुङ विषय प्राज्ञिक गोष्ठी सम्पन्न, प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने (फोटो फिचर)

    “प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाने”

    हिमालीसंचार संवाददाता
    ४५१ पटक

    काठमाण्डौ – किरात राईहरुको सर्वोच्च संस्था किरात राई यायोख्खाको केन्द्रिय कार्यालय सुम्निमा हल काठमाण्डौमा खुवालुङ विषयक प्राज्ञिक गोष्ठी सम्पन्न गरेको छ। किरात राई यायोक्खाले खुवालुङ संरक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुवालुङ सम्बन्धि ज्ञापन-पत्र बुझाउने भएको छ। 

    संस्थाको केन्द्रिय कार्यालय रहेको कोटेस्वरस्थित सुम्निमा हलमा खुवालुङ विषयमा आयोजित विशेष प्राज्ञिक गोष्ठीमा उक्त जानकारी दिइएको हो। प्रदेश न.१ का मुख्यमन्त्री शेरधन राईलाई किरात राई यायोक्खाले ज्ञापन-पत्र बुझाइ सकेको र प्रधानमन्त्री केपी ओलीलाई पनि बुझाउने कार्यक्रम रहेको किरात राई यायोक्खाद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ८ गते विराटनगर पुगेर किरातीहरुको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वसंग जोडिएको खुवालुङ क्रेन लगाएर फुटाउने उद्घोष गरेपछि किरात समुदायले सामाजिक संजाल मार्फत प्रधानमंत्री केपी ओलीको विरोध गरिरहेका छन्। 

    प्राज्ञिक गोष्ठीमा खुवालुङको सांस्कृतिक पक्ष, संरक्षण र प्रवर्द्धन साथै कानुनी अधिकारको विषयमा छलफल समेत गरिएको थियो। गोष्ठीमा संस्कृतिविद्, पर्यटन व्यावसायी, कानुनविद्, कानुनव्यावसायी, सरोकारवाला सामुदायिक संस्थाका जिम्मेवार पदाधिकारी र सांस्कृतिक सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो । 

    गोष्ठीमा सहजकर्ता विज्ञको रूपमा मुन्दुम अध्येता तथा लेखक भोगिराज चाम्लिङ, पर्यटन व्यावसायी तथा मुन्दुम ट्रेल संरक्षण समितिका अध्यक्ष रमेश राई, कानुन व्यावसायी भिम राई लगायदका महानुभावहरुको उपस्थिति रहेको थियो । 

    कार्यपत्रमाथिको छलफलमा संस्कृतिविद् किराया पुर्व अध्यक्ष चतुरभक्त राई, संस्कृतिविद् तथा गायक जीतेन राई, गडुलमान राई, किरात समन्वय समितिका संयोजक रणवीर सुनुवार, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पुर्व उपाध्यक्ष समाजशास्त्री जितपाल किरात, नेपाल सरकारका पुर्व सचिव वीरबहादुर राई , जिमि राई उत्थान समाजका अध्यक्ष यस बहादुर राई, किराया पुर्व उपाध्यक्ष दुर्गा राई, किराया बेलायतका उपाध्यक्ष मेजर योगेश राईलगायत अन्य मुन्धुमी, नक्छो, सामाजिक-सांस्कृतिक अभियन्ता, पर्यटन-कानून व्यावसायीको सहभागिता रहेको किराया बेलायदका उपाध्यक्ष मेजर योगेश राईले हिमाली संचारसंगको कुराकानीमा जानकारी दिएका हुन्। 

    आयोजित गोष्ठीबाट प्राप्त सुझावलाई समेटेर खुवालुङ संरक्षण र प्रवर्द्धनका लागि ठोस कार्ययोजना तय गर्ने किरात राई यायोक्खाले जनाएको छ । किरात राई यायोक्खाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खुवालुङको संरक्षणको लागि किरात राई यायोक्खाले समन्वय गरेर भोजपुर , धनकुटा , सुनसरी , उदयपुर जिल्लाका किरात राई यायोक्खा लगायत किरात जन्य संघसंस्था र समुदायको प्रतिनिधित्व हुने गरि खुवालुङ बचाउ संरक्षण समिति गठन गरि समिति मार्फत विविध गतिविधि जारी राखेको राख्नुका साथै १ नं प्रदेशका मुख्यमन्त्री सेरधन राईलाई ज्ञापन पत्र पनि बुझाई सकेको छ। किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राई, किरात राई यायोक्खाका पदाधिकारी र सदस्यहरू र सल्लाहकारहरुले खुवालुङको स्थलगत अवलोकन समेत गरिसकेका छन्।’

    सप्तकोशीमा पानी जहाज चलाउने परियोजना अन्तर्गत किरातीहरुको महत्वपूर्ण धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वको स्थान खवालुङ फुटाउने नेपाल सरकारको योजनाको किरात समुदायले विरोध गरिरहेका छन्। किरात सभ्यता, मुन्दुम र आस्थासँग जोडिएको खुवालुङ उदयपुर, धनकुटा र भोजपुरको सीमानामा रहेको छ । बराह क्षेत्रनजिकै रहेको खुवालुङ क्षेत्रमा किरात समुदायले पूजा तथा अनुष्ठान गर्दै आएका छन् । 

    प्रधानमंत्री केपी शर्मा ओलीको खुवालुङ सम्बन्धि अभिव्यक्तिसंगै किरात समुदायका अभियन्ता लगायदका बुद्धिजीवी लगायदले यस सम्बन्धि महत्वपूर्ण विचार, लेख रचना लगायदले खुवालुङको संरक्षणमा जोड दिएका छन्। डा. सुमाया राईले खुवालुङ सम्बन्धि विचार हिमालीसंचार डटकम मार्फत प्रकाशित भएको थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...