News Portal

  • माधव नेपाललाई ओलीको व्यंग्य- अध्यक्षका लागि हिरिक्क हिरिक्क हिरिक्क गरिराख्या थिए…

    हिमालीसंचार संवाददाता
    ३६५ पटक

    काठमाडौँ — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दलको बैठक नबसी अध्यक्षलाई निष्कासित गरेको र संसदीय दलको बैठक नबसी दलको नेता परिवर्तन गर्ने काम भएको बताएका छन्। प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमपछि तत्कालीन नेकपामा उत्पन्न भएको विवादतर्फ संकेत गर्दै उनले कम्युनिस्ट आन्दोलन बर्बाद गर्नका लागि त्यस्ता कदम चालिएको बताएका हुन्।

    एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई भृकुटीमण्डपमा शनिबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पार्टीमा विधि र पद्धतिको कुरा गर्नेहरूले त्यो पालना नगरेको बताएका हुन्। ‘विधि र पद्धतिका कुरा गर्ने तर बाहिर बाहिर हस्ताक्षर गरेर, विधि र पद्धति भन्या के हो ? पार्टीको बैठक बस्या छैन अध्यक्ष निकाल्या रे। दलको नेता फेर्‍या रे, बैठक बस्या छैन,’ ओलीले नेता नेपालतर्फ संकेत गर्दै भने, ‘अर्को एक जना अध्यक्षका लागि हिरिक्क हिरिक्क हिरिक्क गरिराख्या थिए। अध्यक्ष भए अरे।’

    प्रतिनिधिसभा विघटन गर्ने ओलीको असंवैधानिक कदम सर्वोच्च अदालतले खारेज गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरेपछि तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले चितवनमा खुसीयाली मनाएका थिए। त्यसबारे ओलीले भने ‘सानो कुरा पायो कि दंग, फुरुङ्ग, अबीर जात्रा, लड्डु। मैले भने केका लागि खुसी भएका हुन् यिनीहरू ? केका लागि अबिर जात्रा ? के पाए ? के पाउँछन् ?,’ उनले त्यो कदम आन्दोलन बर्बाद पार्ने, आन्दोलनको नेतृत्व, पार्टी र देशलाई बर्बाद पार्ने भएको बताए।

    ओलीले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गर्दा लोकतन्त्र मासिन्छ भनेको तर अबको डेढ-दुई वर्षमा चुनाव हुँदा लोकतन्त्रको आयु डेढ दुई वर्षमात्रै हो त ? भनेर प्रश्न गरेका थिए। उनले त्यस्तो कुरा गर्नेहरू नक्कली लोकतन्त्रवादी भनेका थिए। केही नेताहरू ‘केपी ओलीलाई हटाउनुपर्‍यो, विकासको लहर ल्यायो। विकास नगर्ने प्रधानमन्त्री ल्याउनुपर्‍यो’ भन्दै विभिन्न ठाउँमा निवेदन हाल्न गइरहेको ओलीको आरोप थियो।

    ‘हामीबाहेक अर्को देशलाई सही ढंगले नेतृत्व दिने न पार्टी छ न कुनै नेता छ। सोच नै छैन त्यस्तो। कुनै नेताको वक्तव्यमा, भाषणमा विकास छ ?,’ उनले भने। कोही महिला अगाडि बढेमा त्यसलाई अनावश्यक टीकाटिप्पणी हुने गरेको ओलीको भनाइ थियो।

    ‘एउटा महिला अगाडि बढ्यो भने के भन्दा रहेछ्न् ? के सोच्दा रहेछन् ? भन्ने उनीहरुको भाषणमा देख्नुभएको होला। पुरुष सांसद भयो भने बाहुबलबाट भएको र क्षमताले भएको हुने, महिला सांसद भयो भने कसरी हुर्मत लिने रहेछन् भन्ने देख्नुभएको होला,’ उनले भने।

    त्यस्तो सोचको अन्त्य गर्नका लागि सोचमा परिवर्तन गर्नुपर्ने ओलीको भनाइ थियो। उनले भने, ‘मानसिक चिन्तनमा अप्रेसन गर्नुपर्छ, टाउकाको अप्रेसनले हुन्न।’ पार्टीमा आउने समस्याको सामना गर्ने ओलीको भनाइ थियो। उनले कुनै चिन्ता नलिन कार्यकर्ताहरूलाई सुझाव दिएका थिए। अहिले कसैले आफूलाई हटाए आफू अबको चुनावमा बहुमत लिएर सत्तामा पुग्ने दाबी गरे।

    ‘अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस्। जालझेल गरोस्। मोर्चा कसोस्। मोर्चा कसेर हटाउन सक्छ भने हटाओस्। २० महिनापछि यो पार्टी, सूर्य चिह्नधारी पार्टी दुई तिहाई बहुमतका साथ सिंहदरबारको मूल गेटबाट भित्र छिर्छ। हामीलाई प्रतिपक्षमा रहन कुनै गाह्रो छैन। हामी राजनीतिक प्राणी हौं,’ उनले भने।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...

    बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

    काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)...

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...