News Portal

  • नयाँ सरकार बनाउन देउवाले लिए अग्रसरता

    हिमालीसंचार संवाददाता
    ३६१ पटक

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन्। सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न शुक्रबार ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा देउवाले जसपाका नेताहरुसँग छलफल गर्ने भएका छन्।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थितिबारे काँग्रेससँग छलफल गर्न लागिएको रातोपाटीलाई जानकारी दिए। देउवाले जसपाका नेताहरुसँग वार्ता गर्नुअघि पार्टीका शीर्ष नेतासँग पनि छलफल गर्ने भएका छन्। त्यसका लागि दिउँसो ३ बजे पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको सभापति देउवाले बूढानीलकण्ठ बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

    सत्ता समीकरणमा निर्णायक बनेको जसपासँग छलफलले नयाँ सरकार निर्माणका लागि छलफल गर्न बोलाएको बुझिएको छ। वर्तमान केपी ओली सरकार टिकाउन वा विस्थापित गर्न जसपा निर्णायक भनेकाबेला देउवाले ओली सरकार विस्थापनका लागि अग्रसरता बढाएको बूढानीलकण्ठ स्रोतको भनाइ छ। प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जसपाको साथ खोजेकाबेला नयाँ सरकार बनाउन देउवाले पनि सहकार्यको हात फिँजाएको बुझिएको छ।

    विहीबार प्रधानमन्त्री ओलीले जसपा नेताहरुसँग छलफल गरेपछि देउवाले पनि आज छलफल गर्न लागेका हुन्। काँग्रेस सके आफ्नै नेतृत्वमा सरकार बनाउने नभए ओली सरकार विस्थापित गरेर नयाँ सरकार निर्माणमा लाग्नुपर्ने पक्षमा देखिएको छ। अहिलेसम्म नयाँ सरकार निर्माणमा मौन देखिएका देउवा सक्रिय हुन थालेको छन्।

    यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार निर्माणका लागि काँग्रेस र जसपासँग छलफल गरेका थिए। सत्ता सहकार्यबारे जसपाले ओली र देउवा–प्रचण्डसँग छलफल गरिरहेको छ। सत्ता गठबन्धनमा जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई देउवा–प्रचण्ड र महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग नजिक देखिएको पाइन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...