News Portal

खुवालुङका अभियान्ता पक्राउ, विनासर्त रिहाइ गर्न समितिको माग

हिमालीसंचार संवाददाता
४६७ पटक

अविन मावो/सुनसरी – खुवालुङ क्षेत्र संरक्षण समितिका अभियान्ता दिनेश काम्दुङ खम्बु र साजन राईलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका अभियन्ता खुवालुङ संरक्षण समितिले विनासर्त रिहाइ गर्न माग गरेको छ । समितिकी सचिव दिला राईद्वारा हस्ताक्षर जारी विज्ञप्तिमा निदेश र साजनलाई विनासर्त २४ घटाभित्रमा रिहाइ गर्न प्रहरी प्रशासनलाई अल्टिमेटम समेत दिएकी छिन्।

खुवालुङ संरक्षण समितिका सदस्य समेत रहेका दिनेश र साजनलाई सुनसरीस्थित चताराका जेटबोट सञ्चालकहरुको उजुरीमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।जेटबोट सञ्चालकहरुले अरुण, तमोर र दुधकोशीको त्रिवेणीमा रहेको खुवालुङ क्षेत्रमा जेटबोट लैजान नमान्दा जेटबोट सञ्चालक र दिनेशबीच सामान्य विवाद भएको समितिले जनाएको छ ।

‘खुवालुङ क्षेत्रको संरक्षणको लागि देशको विभिन्न भूभागहरुबाट खुवालुङ क्षेत्र अवलोकन गर्न आएका अभियान्ताहरुलाई पानीबोट व्यवसायीहरुले खुवालुङ क्षेत्र लैजान नमान्दा भएको सामान्य विवादको विषयलाई लिएर खुवालुङ क्षेत्र संरक्षण समितिका सदस्य दिनेश काम्दुङ राई (खम्बु) र अभियान्ता साजन राईलाई छलफल गर्न भनी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा बोलाइ माथिको आदेश भन्दै छलफल गराउनुको सट्टा हिरासतमा राखी मुद्दाको प्रक्रिया अघि बढाएकोप्रति खुवालुङ क्षेत्र संरक्षण समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

‘उक्त विषयलाई सहज समाधान गर्नुको सट्टा विषयान्तर गरी सुनियोजित रुपमा षडयन्त्रमूलक ढंगबाट अभियानकर्मीहरुलाई राज्य प्रशासनले विभेदपूर्ण ढंगबाट पक्राउ गरिएको यस घटना हामी सम्पूर्ण सरोकारवाला पक्षका लागि कुनै पनि हिसाबले स्वीकार्य छैन । यस किसिमको रबैयाप्रति खेद् व्यक्त गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ। 

पक्राउ गरिएका अभियान्ताहरुलाई २४ घण्टाभित्रमा रिहाइ नगरे खुवालुङ संरक्षणका पक्षधर विभिन्न संघसंस्थाहरुले निर्णायक आन्दोलन गर्ने र सोबाट हुन सक्ने क्षति राज्य प्रशासनले लिनुपर्ने चेतावनी समेत उक्त विज्ञप्तिमा दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ८ गते आफ्नो समूहको विराटनगरमा आयोजित आमसभामा खुवालुङलाई लक्षित गरी उक्त ढुंगो क्रेनले फुटाएर जेटबोट चलाउन नदीको बाटो क्लियर गर्ने बताएपछि पहिचान पक्षधरहरुले खुवालुङ संरक्षणको अभियान तीव्र बनाएका थिए । निदेश र साजन सोही अभियानमा सक्रिय रहँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...