News Portal

जसपासँगको छलफल सकियो, जसपाको सम्पूर्ण मुद्धामा सरकार सकारात्मक

हिमालीसंचार संवाददाता
३९७ पटक

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीचको भेटवार्ता सकारात्मक रुपमा सकिएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफल सकारात्कम रूपमा अघि बढेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

राजन भट्टराईका अनुसार जनता समाजवादी पार्टीले राखेका मागका विषयमा सरकार गम्भीर रहेको र उसले उठाएका मुद्दामा सरकार सकारात्मक छ।

माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावनासँगै प्रधानमन्त्री ओलीले जसपाको समर्थन खोजिरहेका छन्। यहीँ सिलसिलामा पार्टीका प्रमुख ५ नेतासँग उनले बिहिबार साँझ छलफल गरेका हुन्।

प्रधानमन्त्रीसँग छलफलका लागि जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेका थिए । उनीहरुले संविधान संशोधनलगायत आफ्ना पुराना मागमा सहमत हुने दलसँग मात्रै सहकार्य हुन सक्ने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...