News Portal

“ओली हटाऊ देश बचाऊ” भन्ने बाबुराम २४ घण्टा नबित्दै बालुवाटारमा

हिमालीसंचार संवाददाता
५१३ पटक

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले बुधबार साँझ ट्वीट गरे, ओली हटाऊ देश बचाऊ। उक्त ट्वीट गरेको २४ घण्टा नबित्दै डा.बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्ने भएका छन्।

डा.भट्टराईले ट्वीटमा भनेका थिए, ‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत ? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्। सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन। उल्टै उनी अरुको सिकारमा विषाक्त घाँस हाल्दैछन्। किन नबुझेको ?’

डा.भट्टराईले उक्त ट्वीटमा “ओली हटाऊ देश बचाऊ” नारालाई “ह्यासट्याग”मा राखेका छन्। ट्वीटरमा बाबुरामले उठाएका दुई प्रश्न जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको ओलीप्रतिको आशक्तिप्रति लक्षित रहेको बुझ्न कठिन छैन। तर उक्त ट्वीटको २४ घण्टा पनि बित्न नपाउँदै उनी महन्थ ठाकुरकै साथ लागेर बालुवाटारमा जान लागेका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...