News Portal

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रको चहलपहल(फोटो फिचर)

हिमालीसंचार संवाददाता
४९६ पटक

काठमाण्डौ – हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक पर्व महाशिरात्री यो वर्ष भोलि बिहिबार परेको छ। पशुपति मन्दिर परिसरमा शिवरात्रिको चहलपहल बढेको छ। यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रदेखि साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आइसकेका छ।

हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव पशुपति नाथमा शिवरात्रीका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागदेखि साथै भारतबाट समेत साधुसन्तहरु यस क्षेत्रमा आउने गर्दछन्।

पशुपतिमा आउने साधुसन्तलाई पशुपति क्षेत्र विकाश कोषले शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन रहेको छ।  शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्छ।

पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गरि शिवरात्रीको तयारी पुरा भएको जानकारी दिएको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ। यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।

कोरोना महामारीका कारण यस वर्षको महाशिवरात्रीमा पहिलेको तुलनामा चहलपहल कमै देखिएको छ। साधुहरू पनि कमै मात्रामा आएका छन्।

पशुपति मन्दिर परिसरलाई सिँगारेर झकिझकाउ बनाइएको छ। मन्दिर परिसरमा सरसफाइ गरिएको छ। बिहीबार बिहानदेखि नै पूजा गर्नेहरुको भीड लाग्ने हुनाले त्यसको पनि व्यवस्था मिलाइसकिएको पशुपति विकास कोषले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...