News Portal

आगजनीमा परेको विधालयलाई इजरायलबाट भौतिक सामाग्री हस्तान्तरण

हिमालीसंचार संवाददाता
३७२ पटक

रामप्रसाद ढुंगेल – गत फागुन १४ गते आगजनीमा परेको तेह्रथुम  फेदाप गाउँपालिका-२ ओयाक्जुङमा रहेको श्री सिद्धकाली माध्यामिक विधालयलाई इजरायलमा कार्यरत एक सहयोगीले टेबल कुर्सीलगायतका भौतिक सामग्री हस्तान्तरण गरेका छन्। 

आगजनीमा परी विधालयका केही कोठाहरु र भौतिक सामग्री पूर्ण  रूपमा नस्ट भएका कारण विद्यालयको प्रशासन सञ्चालनमा समस्या भएको जानकारी पाएपछि सोही विधालयका पूर्व विद्यार्थी समेत रहेका देव बाँस्कोटाले करिब ५७ हजार रुपैयाँ बराबरको भौतिक सामग्री व्याक्तिगत रूपमा सामाजिक तथा शैक्षिक उत्तरदायित्व सम्झेर सहयोग प्रदान गरेका छन् ।

समाजसेवी  बाँस्कोटाले  स्थानीय कृष्ण न्यौपाने र शिव न्यौपाने मार्फत  विद्यालयलाई २० थान प्लास्टिकको कुर्सी, १ थान स्टिल टेबल, १ थान घुम्ने कुर्सी र १ थान स्टीलको दराज विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तवीर लिम्बूलाई फागुन २५ गते मंगलबार हस्तान्तरण गरेका हुन् । 

सिद्धकाली माध्यमिक विद्यालयमा गत फागुन १४ गते राती अचानक आगजनी हुँदा  विद्यालयको प्रशासनिक भवन पूर्ण रूपमा जलेर नष्ट भएपछि विद्यालयको प्रशासन सञ्चालनमा समस्या उत्पन्न भएको थियो । विद्यालयको बिपत्तिमा स्वतस्फूर्त सहयोग गरेको बताउने बाँस्कोटाले प्रशासन संचालनमा सहज होस भनी उक्त सामाग्री हस्तान्तरण गरिएको समाजसेवी बाँस्कोटाले जानकारी दिएका छन् । 

दाता बास्कोटाको अगुवाइमा एक वर्षअगाडि सोही विधियलय परिसरमा १३ लाख रुपैया खर्चेर एक सरस्वती मन्दिर र मञ्च समेत निर्माण गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...