News Portal

आगजनीमा परेको विधालयलाई इजरायलबाट भौतिक सामाग्री हस्तान्तरण

हिमालीसंचार संवाददाता
४२२ पटक

रामप्रसाद ढुंगेल – गत फागुन १४ गते आगजनीमा परेको तेह्रथुम  फेदाप गाउँपालिका-२ ओयाक्जुङमा रहेको श्री सिद्धकाली माध्यामिक विधालयलाई इजरायलमा कार्यरत एक सहयोगीले टेबल कुर्सीलगायतका भौतिक सामग्री हस्तान्तरण गरेका छन्। 

आगजनीमा परी विधालयका केही कोठाहरु र भौतिक सामग्री पूर्ण  रूपमा नस्ट भएका कारण विद्यालयको प्रशासन सञ्चालनमा समस्या भएको जानकारी पाएपछि सोही विधालयका पूर्व विद्यार्थी समेत रहेका देव बाँस्कोटाले करिब ५७ हजार रुपैयाँ बराबरको भौतिक सामग्री व्याक्तिगत रूपमा सामाजिक तथा शैक्षिक उत्तरदायित्व सम्झेर सहयोग प्रदान गरेका छन् ।

समाजसेवी  बाँस्कोटाले  स्थानीय कृष्ण न्यौपाने र शिव न्यौपाने मार्फत  विद्यालयलाई २० थान प्लास्टिकको कुर्सी, १ थान स्टिल टेबल, १ थान घुम्ने कुर्सी र १ थान स्टीलको दराज विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तवीर लिम्बूलाई फागुन २५ गते मंगलबार हस्तान्तरण गरेका हुन् । 

सिद्धकाली माध्यमिक विद्यालयमा गत फागुन १४ गते राती अचानक आगजनी हुँदा  विद्यालयको प्रशासनिक भवन पूर्ण रूपमा जलेर नष्ट भएपछि विद्यालयको प्रशासन सञ्चालनमा समस्या उत्पन्न भएको थियो । विद्यालयको बिपत्तिमा स्वतस्फूर्त सहयोग गरेको बताउने बाँस्कोटाले प्रशासन संचालनमा सहज होस भनी उक्त सामाग्री हस्तान्तरण गरिएको समाजसेवी बाँस्कोटाले जानकारी दिएका छन् । 

दाता बास्कोटाको अगुवाइमा एक वर्षअगाडि सोही विधियलय परिसरमा १३ लाख रुपैया खर्चेर एक सरस्वती मन्दिर र मञ्च समेत निर्माण गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...