News Portal

कुवेतबासी नेपालीहरुले यसरी मनाए संविधान दिवस (फोटो फिचर)

हिमाली संचार डटकम
११९० पटक

कुवेत, २१ सेप्टेम्बर। कुवेतमा रहेका नेपालीहरुले पनि नेपालको विद्यमान संविधान जारी भएको दिनको सम्झनामा शुक्रबार राष्ट्रिय दिवसका रुपमा मनाएका छन् । कुवेतको फर्ववानियास्थित क्राउनप्लाजा होटलमा एक विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

प्रमुख अतिथि र कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले संयुक्तरुपमा दुबै देशको राष्ट्रिय झण्डा कुदिएको कलात्मक केक काटी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कुवेत सरकारका सहायक परराष्ट्रमन्त्री “एचई अली सुलैमान एल-सायिद” को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कुवेत सरकारका उच्चपदस्त पदाधिकारीहरु, कुवेतस्थित विभिन्न मुलुकका राजदूतहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठनका प्रमुख/प्रतिनिधिहरु, अन्तर्राष्टिय महिला समूहका सदस्यहरु, कुवेती उद्योगी ब्यवसायी, नेपाली श्रमिकहरु कार्यरत कम्पनीका संस्थापकहरु र नेपाली समुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई स्वागत गर्दै आफ्नो सम्बोधनमा कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाल सधै स्वतन्त्र राष्ट्रको रुपमा रहेको र देशमा विद्यमान राजनीतिक स्थायित्व, सवल आर्थिक अवस्था र प्रचुर प्राकृतिक एवं मानवीय साधन, स्रोतको उपयोग गरी नेपाली नागरिकहरुको सुख र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा प्रतिवद्ध भइ सरकारले काम गरिरहेको बताए ।

देशमा वैदेशिक लगानीको लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै उनले नेपालको जलविद्युत, खानी एवं खनिज, कृषि, सूचना तथा प्रविधि, पर्यटन, उद्योग तथा सेवाका क्षेत्रमा लगानी गरी आर्थिक लाभ लिन कुवेती तथा विदेशी उद्यमी, लगानीकर्ताहरुलाई आग्रह समते गरे ।

कार्यक्रम स्थलमा नेपालको प्राकृतिक सौन्दर्य, कला, सस्कृति झल्कने तस्बीर तथा पर्यटन सम्बन्धी जानकारी मूलक प्रचार सामग्री राखी प्रचार-प्रसार गरिएको थियो ।

साथै नेपालको पर्यटन सम्बन्धी डकुमेन्ट्री पनि देखाइएको थियो । सो अवसरमा नेपाली कलाकारहरुद्वारा नेपाली लोक नृत्य एवं सांगीतिक धुन प्रस्तुत गरिएको थियो ।

तस्वीरहरु हेर्नुहोस:-

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...